नेपाली खबर

बङ्ग्लादेश प्रिमियर लिग खेल्न सन्दिप बङ्ग्लादेश जाँदै | बिपिएलपछि सन्दिप यु.ए.इ टुरमा ब्यस्त

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिप सिक्सर्सबाट खेल्ने !

बिग ब्यास लिगमा चार खेल खेल्दै आठ विकेट चट्काएका सन्दिप लामिछाने बङ्ग्लादेश प्रिमियर लिग बि.पि.एल खेल्नका निम्ति बङ्ग्लादेश जाँदै छन । सन्दिपले आफ्ना सुरुवाती चार खेलमा बिपक्षी टोलिका चारै वटा कप्तानलाई आउट पार्न सफल भएका थिए ।

 

सन्दिपले पहिलो खेलमा दुई विकेट , दोस्रो खेलमा तीन , तेस्रो खेलमा दुई र अन्तिम खेलमा एक विकेट चट्काएका थिए । हिजो भएको खेलमा सन्दिपले चार ओभर गर्दै ३१ रन खर्चेर १ विकेट लिएका थिए ।

हिजो खेलमा मार्कस इस्टोइनिसले उत्कृष्ट प्रदर्शन गर्दा मेल्बोर्न स्टार्सले सात विकेटको शानदार जित हासिल गरेको हो ।

Sandy bags three wickets

सन्दिपको टिम स्टार्सले चार खेलमा दुई जित हासिल गरेको छ । आज बाङ्लादेश तर्फ प्रस्थान गर्दै गरेका सन्दिपले बिपिएलमा साइल्हेट सिकर्सबाट खेल्ने छन । सन्दिपको पहिलो खेल जेनेवरी छका दिन परेको छ ।

सन्दिपले खेल्ने साइल्हेट सिक्सर्समा रहेका खेलाडीहरु यश प्रकार छन :

सन्दिप लामिछाने, डेबिड वार्नर (कप्तान), नासिर होसेन, सब्बिर रहमान, सोहेल तनविर, लिटन दास, अफिफ हुसेन, तस्किन अहमद, अल अमीन होसेन, तोउहिद रिदोय, फेबियन एलेन, मोहम्मद इरफान, नबिल समद, इबादत होसेन, आलोक कपाली, जाकिर अलि, गुलाब्दिन नैब, आन्द्रे फेचर, मेहन्दी हसन रजा, पट ब्राउन, इमरान ताहिर, निकोलस पुरन, मोहम्मद नवाज

गौतम गम्भीर , श्रेयस ऐयर , ग्लेन म्याक्स्वेल , कृस गेल पछि सन्दिपले अब डेभिड वार्नरको कप्तानिमा खेल्ने छन । सिक्सर्सको प्रशिक्षण भने वकार युनिसले गर्ने छन

बङ्ग्लादेश प्रिमियर लिग खेल्न सन्दिप बङ्ग्लादेश जाँदै | बिपिएलपछि सन्दिप यु.ए.इ टुरमा ब्यस्त
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top