नेपाली खबर

सन्दिपको आज चौथौ खेल ! मेल्बोर्न रेनेगेड्स बिरुद्द उत्रदै मेल्बोर्न स्टार्स

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिप उत्कृष्ट लयमा

उत्कृष्ट लयमा देखिएका नेपाली युवा लेग स्पिनर सन्दिप लामोछानेले बिग ब्यास लिग २०१८/१९ मा आग्नो दबदबा बनाइरहेका छन । बिगब्यास लिगमा मेल्बोर्न स्टार्ससङ्ग अनुबन्धित लामिछानेले तीन खेल खेलिसकेका छन ।

 

सन्दिप लामिछानेले आफ्नो पहिलो खेलमा दुई विकेट लिन सफल भएका थिए । सिड्नी थन्डर्स बिरुद्दको खेलमा सन्दिपले कप्तान वाट्सन र फर्गुसनलाइ आउट पार्न सफल भएका थिए ।

त्यस्तै होबार्ट बिरुद्दको दोस्रो खेलमा सन्दिपले चार ओभर गर्दै २४ रन खर्चेर तीन शानदार विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शन बाबजुत स्टार्सले दोस्रो हर बेहोर्न बाध्य भएको थियो ।

तेस्रो खेलमा इकोनोमिकल प्रदर्शन गर्न सफल लामिछानेले ४ ओभरमा मात्र १८ रन दिदै दुई विकेट चट्काएका थिए । तेस्रो खेलमा भने मेल्बोर्न स्टार्सले पाच विकेटको शानदार जित हासिल गरेको थियो ।

Sandeep Shines

आज सन्दिपले आफ्नो चौथौ खेल खेल्दैछन । म्याक्सवेलद्वारा कप्तानित टोलिमा सन्दिप एक सुपरस्टार खेलाडी बनिसकेका छन । सन्दिपको प्रदर्शन हेर्न आज नेपाली राष्ट्रिय क्रीकेट टोलिका कप्तान पारस खड्का तथा युवा खेलाडी दिपेन्द्र सिङ ऐरि ग्राउन्डमा उपस्थित हुने बताइएको छ ।

Sandy bags three wickets

स्ट्याट्स हेर्दा सन्दिप लामिछानेले तीन खेलमा सात विकेट चट्काउदै पाचौ स्थान हासिल गरेका छन भने स्टिब ओ किफ , जो पहिलो स्थानमा छन उनले चार खेलमा नौ विकेट चट्काएका छन ।

सन्दिपको आज चौथौ खेल ! मेल्बोर्न रेनेगेड्स बिरुद्द उत्रदै मेल्बोर्न स्टार्स
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top