अन्तर्राष्ट्रिय

तेस्रो टेस्टमा भारत १३७ रनले बिजयी : सिरिजमा भारत २-१ ले अगाडी !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

भारतलाइ सहज जित !

नया ओपनरहरु सङ्ग उत्रिएको भारतिय टोलिले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो । पुजाराको उत्कृष्ट शतक , मयन्क , कोहली र रोहितको शानदार अर्धशतकमा पहिलो इन्निङ्गमा भारतले सात विकेट गुमाउदै ४४३ रन बनाउदा , कप्तान कोहलिले डिक्लेर गर्ने निर्णय गरेका थिए ।

 

पहिलो इन्निङमा अस्ट्रेलियाका प्याट कमिन्सले ३ विकेट लिएका थिए । पहिलो इन्निङ्गमा अस्ट्रेलियाले १५१ रन बनाउदै आफ्नो सबै विकेट गुमायो । भारतीय बुम्राहले छ विकेट लिदै उत्कृष्ट प्रदर्शन गरेपछी अस्ट्रेलियाको ब्याटिङ अर्डर तहस नहस हुन पुगेको थियो ।

अस्ट्रेलियाका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रदर्शन भने गर्न सकेनन । भारतीय बलरहरुको आक्रमक प्रदर्शन वदौलत , दोस्रो इन्निङ्गमा भारतले २९२ रनको लिड हासिल गरेको थियो ।

दोस्रो इन्निङ्गमा अस्ट्रेलियाका बलरले कम्ब्याक गरेता पनि , भारतको दोस्रो इन्निङ सिद्दिदा अस्ट्रेलियाले ३९९ रनको विशाल लक्ष्य पाएको थियो ।

दोस्रो इन्निङ्गमा अस्ट्रेलियाका लागि प्याट कमिन्सले छ विकेट चट्काएका थिए ।

३९९ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाका लागि प्याट कमिन्सले ६३ रन र सन मार्सले ४४ रन बाहेक अरु कुनै ब्याट्सम्यान नचल्दा अस्ट्रेलियाको पारी २६१ रनमा समेटिन पुगेको थियो ।

पाचौ दिनसम्म डोहोरिएको खेलमा भारतले १३७ रनको बिजयी हासिल गर्यो । यश सङ्गै भारतले सिरिजमा २-१ को अग्रता हासिल गरेको छ ।

तेस्रो टेस्टमा भारत १३७ रनले बिजयी : सिरिजमा भारत २-१ ले अगाडी !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top