News

सन्दिपको उत्कृष्ट प्रदर्शन : बने प्रतियोगिताको सबैभन्दा धेरै विकेट लिने बलर !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिपको उत्कृष्ट लय जारी !

बिग ब्यास लिगमा मेल्बोर्न स्टार्सको प्रतिनिधि गरेका सन्दिपले आफ्नो गुग्लीको जादु देखाउन सफल भैरहेका छन । उनले पहिलो खेलमा ३६ रन खर्चेर दुई विकेट लिएका थिए भने दोस्रो खेलमा तीन विकेट लिएका थिए ।

सन्दिपको टोलिले भने दुई हार बेहोरिसकेको छ ।

 

Sandeep Shines

आज भएको खेलम सन्दिपले मोइसेसको विकेट लिन , शानदार गुग्ली गर्दै बोल्ड गरेका थिए । त्यस्तै दोस्रो विकेटका रुपमा उनले टम कुरानलाइ एल बि डब्लु गरे ।

टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको स्टार्सका लागि सन्दिपले आफ्नो दोस्रो ओभरमा कप्तान मोइसेस हेनरिक्सलाइ गुग्लिको शिकार बनाउदै बोल्ड गर्न सफल लामिछानेले आफ्जो तेस्रो ओभरको अन्तिम बलमा टम कुरानलाइ एल बि डब्लु आउट बनाउन सफल भए ।

सन्दिपले आफ्नो तेस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्न सफल भए । उनले चार ओभरमा १८ रन खर्च्दै दुई विकेट लिए । सन्दिपले आफ्ना तीन खेलमा सात विकेट चट्काइसकेका छन ।

उनले पहिलो खेलमा २ , दोस्रोमा तीन र तेस्रोमा दुई विकेट चट्काए । सन्दिप तथा टिमको उत्कृष्ट प्रदर्शनमा स्टार्सले शानदार बलिङ्ग गर्दै सिक्सर्सको ब्याटिङ धराशायी पारेको छ ।

लगातार दुई खेलमा हार बेहोरिसकेको स्टार्सले आजको खेलमा भने जित हासिल गर्ने अपेक्षा गर्न सकिन्छ ।

आजको दुई विकेट सङ्गै सन्दिपले टुर्नामेन्टकै सबै भन्दा धेरै विकेट लिने बलरको सुचिमा उच्च स्थानमा आफ्नो नाम लेखाएका छन । उनले तीन खेलमा सात विकेट लिएका छन !

सन्दिपको उत्कृष्ट प्रदर्शन : बने प्रतियोगिताको सबैभन्दा धेरै विकेट लिने बलर !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top