अन्तर्राष्ट्रिय

नेपालले माघमा यु.ए.इ. भ्रमण गर्ने पक्का !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

यु.ए.इ बिरुद्द भ्रमण गर्दै नेपाली टोली 

नेपाली राष्ट्रिय क्रीकेट टोलीले यु.ए.इ.को भ्रमण गर्ने निस्चित भएको छ । नेपाली टोलिले तीन एकदिबसिय र तीन टि-२० अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपाली टोलि माघ ८ गते यु ए इ पुग्ने छ , र ९ तथा १० गते अभ्यास खेल खेल्नेछ ।

 

नेपालले यस अघि आफ्नो पहिलो एकदिबसिय शृङ्खलामा नेदरल्यान्डको सामना गरेको थियो । एक रनको ऐतिहासिक जित हासिल गर्न सफल नेपाली टोलिले राम्रो प्रदर्शन गर्ने आश गर्न सकिन्छ !

Anil Shah and Binod Bhandari opens for Nepal

पहिलो एकदिबसिय शृङ्खलामा बराबरीमा टुङ्ग्याउन सफल भएको थियो । त्यस्तै अब माघ ८ गते यु.ए.इ प्रस्थान गर्दै नेपालले आफ्नो दोस्रो एकदिबसिय शृङ्खलामा प्रतिस्पर्धा गर्ने छ ।

Aarif Sheikh

माघ ११ गते नेपालले आफ्नो पहिलो एकदिबसिय खेल खेल्ने छ । माघ ११ गते पहिलो एकदिबसिय खेल खेलेपछी , नेपाली टोलिले आफ्नो दोस्रो एकदिबसिय खेल १२ गते खेल्ने छ भने १३ गते दुबै टोलिले रेस्ट गर्ने छन । त्यस्तै तेस्रो तथा अन्तिम एकदिबसिय खेल नेपाली टोलिले १४ गते खेल्ने छ ।

नेपालले माघ १५ गते रेस्ट गर्ने छ भने १६ गते अभ्यास खेल खेल्ने छ । नेपाली टोलिले माघ १७ गते पहिलो , १८ गते दोस्रो र २० गते तेस्रो टि-२० अन्तर्राष्ट्रिय खेल खेल्ने कार्यक्रम छ ।

Nepal

क्यानमाथी आइसिसीको प्रतिबन्ध लागेका कारणले , नेपालले आइसिसी मार्फत यु.ए.इ सङ्ग शृङ्खला खेल्ने प्रस्ताब राखेको हो ।

नेपालले माघमा यु.ए.इ. भ्रमण गर्ने पक्का !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top