नेपाली खबर

सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी , दोस्रो खेलमा लिए तीन विकेट !!

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिपको उत्कृष्ट प्रदर्शन !

टस हारेर पहिलो ब्याटिङका लागि निम्तो पाएको सन्दिप को टिम मेल्बोर्न स्टार्सले २० ओभर ब्याटिङ गर्दै पाच विकेटको क्षतिमा १५५ रन बनाउन सफल भएको थियो । मेल्बोर्नका लागि म्याक्सवेलले ३१ बलको सामना गर्दै पाच छक्काको मद्दतले ४७ रन बनाएका थिए ।

त्यस्तै लर्किनले ४५ र मार्कस स्टोइनिसले २२ रन बनाउन सफल भए । होबार्टका लागि आर्चरले ३ र डि आर्सी सर्टले दुई विकेट लिएका थिए ।

 

Maxwell plays a brilliant destructive inning

१५५ रन डिफेन्ड गर्ने लक्ष्य लिएको मेल्बोर्नले राम्रो बलिङ्ग सुरुवात गर्न नसकेपनी , बोल्यान्ड र सन्दिपको एक एक विकेटमा , मेल्बोर्नका लागि केही आशा पलाएको थियो ।

Sandeep Shines

सन्दिपले आफ्नो पहिलो विकेटको रुपमा डुलानलाइ बोल्ड गरेका थिए । छैठौ ओभर लिएर आएका लामिछानेले , आफ्नो तेस्रो बलमा डुलानलाइ बोल्ड गरेका थिए ।

त्यस्तै , राम्रो लयमा देखिएको होबार्टलाइ सन्दिपले तेस्रो झट्का तेह्रौ ओभरमा दिएका थिए । १३ औ ओभर लिएर आएका सन्दिपले आफ्नो दोस्रो बलमा अर्धशतकिय पारी खेलेका मेथ्यु वेडलाइ जाम्पाको हातबाट क्याच आउट गराएका थिए ।

Sandy bags three wickets

वेडलाइ आफ्नो तेस्रो ओभरमा पबिलियनको बाटो देखाएका सन्दिपले आफ्नो अन्तिम ओभरको पहिलो बलमा बेन्जामिन जो २८ रनमा खेलिरहेका थिए , उनलाइ एल बि डब्लु आउट गरे । बेन्जामिनको विकेट सङ्गै , सन्दिपले आफ्नो दोस्रो खेलको खातामा तीन विकेट जम्मा गरेका थिए ।

Sandeep Shines

उनले चार ओभर बलिङ्ग गर्दै मात्र छ रनको औसतले तीन महत्त्वपूर्ण विकेट चट्काए । उनले चार ओभरमा २४ रन दिएर तीन विकेट लिएका थिए । सन्दिपले आफ्नो पहिलो खेलमा दुई विकेट लिएका थिए बाने आफ्नो दोस्रो खेलमा उनले तीन विकेट लिएका छन ।

सन्दिपले प्रतियोगिताको सुरुबाटै आफ्नो छाप छोड्न सुरु गरिसकेका छन ।

सन्दिप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी , दोस्रो खेलमा लिए तीन विकेट !!
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top