नेपाली खबर

सन्दिपको टिम मेल्बोर्न स्टार्स १५ रनले पराजित !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिपले पहिलो खेलमा लिए दुई विकेट !

मेल्बोर्न स्टार्सबाट बिग ब्यास लिग २०१८/१९ मा प्रतिस्पर्धा गर्दै गरेका सन्दिप लामिछाने आज आफ्नो पहिलो खेलमा दुई महत्त्वपूर्ण विकेट लिन सफल भए ।

टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको स्टार्सका लागि सन्दिपले दुई , जाम्पाले दुई र ब्राभोले एक विकेट लिदा , पाच विकेट गुमाउदै २० ओभर ब्याटिङ गर्दै सिड्नी थन्डरले १८१ रन बनायो ।

स्य्ड्निका लागि जेसन सङ्हाले ३६ बलको सामना गर्दै चार छक्का र चार चौकाको मद्दतले ६३ रन र डेनियल सेम्सले २१ बलको सामना गर्दै २ छक्का र एक चौकाको मद्दतले ३४ रन बनाए ।

Sandeep Shines in his very first match

१८२ रनको विशाल लक्ष्य पछ्याएको मेल्बोर्नका लागि कुनै ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन । पानीले प्रभाबित खेलमा , ४५ बलमा ८६ रनको नया लक्ष्य पाएको स्टार्सले छ विकेट गुमाएर मात्र ७४ रन बनाउन सक्यो र खेलमा १५ रनको पराजय भोग्न बाध्य भयो ।

स्टार्सका लागि निक लार्किनले १३ बलमा एक छक्का र तीन चौकाको मद्दतले २८ रन बनाए । थन्डरका लागि डेनियल सेम्सले उत्कृष्ट बलिङ्ग गर्दै २ ओभरमा मात्र पाच रन खर्चेर तीन विकेट चट्काए ।

Sandeep in Bigbash League

सन्दिपले आफ्नो पहिलो ओभरमै दुई विकेट लिएका थिए । उनले आफ्नो पहिलो ओभरको दोस्रो बलमा वाट्सनलाइ आउट गरे भने अन्तिम बलमा फर्गुसनको विकेट लिए ।

उनले चार ओभरमा ३६ रन खर्चदै २ विकेट चट्काए ।

सन्दिपको टिम मेल्बोर्न स्टार्स १५ रनले पराजित !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top