Everest Premier League 2018

काठमाडौ बिरुद्दको खेलमा पाच विकेटले पराजित भएको विराटनगर वरियर्स प्ले अफ पुग्न असफल !

HNC, Kathmandu

लिग चरणको अन्तिम खेलमा बिराटनगर वरियर्स पाच विकेटले पराजित !

टस जितेर पहिला फिल्डिङ्ग गरेको काठमाडौले आक्रमक बलिङ्ग प्रदर्शन गर्दै बिराटनगरलाई सय रनमै समेटेको थियो । कमजोर ब्याटिङ प्रदर्शन गर्दै आएको वरियर्स प्ले अफमा क्वालिफाइ हुन सकेन ।

बिराटनगरका लागि कप्तान पारस खड्काले २१(१६) रन बनाए भने सुमित महर्जनले २५ र हरि बहादुर चौहानले २२ रन बनाए । कमजोर सुरुवात गरेको वरियर्सले आफ्ना दमदार ब्याट्सम्यानलाई सुरुवाती ओभरमै गुमाएको थियो ।

Kevin O Brien hits brilliant half century to help KKXI pass the rope

काठमाडौका लागि केभिनले तीन विकेट , मुस्ताफाले दुई , साहुले दुई र बिक्रम भुसालले दुई विकेट लिए ।

Rohan Mustafa strikes

१०१ रनको लक्ष्य पछ्याएको काठमाडौले १७.३ ओभरमै आफ्नो लक्ष्य पूरा गर्यो । खराब सुरुवात पाएको किङ्सका लागि केभिन ओ ब्राइनले ४५ रनको शानदार पारी खेले ।

BW dominates on their first match

त्यस्तै साहुले २५ रन बनाए । बिराटनगरका लागि पारसले दुई विकेटले लिए र भ्यान डर मर्विले दुई विकेट चट्काए ।

हार सङ्गै पारस खड्काको बिराटनगर प्ले अफमा पुग्न असफल भएको छ भने प्ले अफमा भैरहवा , चितवन , ललितपुर र काठमाडौ पुग्न सफल भएको छ ।

काठमाडौ बिरुद्दको खेलमा पाच विकेटले पराजित भएको विराटनगर वरियर्स प्ले अफ पुग्न असफल !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top