Everest Premier League 2018

केभिन ओ ब्राइनको अलराउन्ड प्रदर्शनमा काठमाडौ पोखरा बिरुद्दको खेलमा पाच विकेटले बिजयी !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

काठमाडौको दोस्रो जित !

टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको काठमाडौ किङ्स इलेभेनले आफ्नो तेस्रो खेलमा पाच विकेटको महत्त्वपूर्ण जित निकालेको छ । त्यस्तै पोखरा राइनोजले तेस्रो खेलमा पनि हार बेहोर्दा , प्लेय अफ पुग्ने सम्भावना टुङ्गिएको छ ।

Kevin O Brien hits brilliant half century to help KKXI pass the rope

पहिला ब्याटिङ गरेको पोखराले २० ओभर ब्याटिङ गर्दै १६५ रन बनाएको थियो । पोखराका लागि रिकार्ड लेभीले २१ बलको सामना गर्दै तीन छक्का र चार चौकाको मद्दतले ३८ रन बनाए भने अर्का ओपनर कप्तान कोएट्जरले २५ बलको सामना गर्दै छ चौकाको मद्दतले ३७ रन बनाउदा , राइनोजले राम्रो सुरुवात पाएको थियो ।

त्यस्तै कोउग्लिनले ३७ रन जोड्दा पोखराले १६५ रन बनाउन सकेको थियो । काठमाडौका लागि ब्राइएन र बिक्रम भुसालले समान दुई दुई विकेट चट्काएका थिए ।

Rohan Mustafa strikes

१६६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको काठमाडौले चार बल छदै लक्ष्य पूरा गरेर पाच विकेटले जित हासिल गरेको थियो ।

Mustafa removes Richard Levi

अमृत श्रेष्ठलाई ११ रनमै पबिलियन फर्काउदै बिक्रम सोबले राम्रो सुरुवात दिलाए पनि अर्का ओपनर मुस्ताफाले उत्कृष्ट ४० रनको पारी खेले ।

Pokhara fails to defend 165

३१ बलको सामना गर्दै ४० रन जोड्न सफल्र मुस्ताफाले सात चौका लगाएका थिए । सागर पुनलाई १८ रनमा गुमाएको काठमाडौका लागि केभिनले उत्कृष्ट पारी खेले।

Coetzer and Levi set up a threatning start

ब्राइनले ३५ बलको सामना गर्दै तीन छक्का र चार चौकाको मद्दतले ५४ रनको अबिजित पारी खेले । त्यस्तै सुभ्रमनियम आनन्दले १८ बलमा २७ रन बनाए । त्यस्तै एक बलको सामना गरेका लोहनिले चार रन बनाए ।

पोखराका लागि बिक्रम सोबले दुई विकेट लिएका थिए ।

उत्कृष्ट पारी खेलेका ब्राइएन म्यान अफ द म्याच भए ।

केभिन ओ ब्राइनको अलराउन्ड प्रदर्शनमा काठमाडौ पोखरा बिरुद्दको खेलमा पाच विकेटले बिजयी !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top