Everest Premier League 2018

बिराटनगर भैरहवाबिरुद्दको खेलमा पराजित : काठमाडौलाई हराउदै ललितपुर शिर्ष स्थानमा !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ 

आज भएको पहिलो खेलमा बिराटनगरलाइ ९१ रनमा समेट्दै भैरहवाले चार विकेटको जित हासिल गरेको थियो ।

टस जितेर पहिला फिल्डिङ्ग गरेको भैरहवा ग्लेडियटर्सले बिराटनगर ९१ रनमा समेट्न सफल भएको थियो । भैरहवाका लागि यी ए इका चर्चित क्रीकेटर मुहम्मद नबिदले चार ओभरमा १४ रन दिदै चार महत्त्वपूर्ण विकेट चट्काएका थिए ।

त्यस्तै कृष्ण कार्किले दुई , अबिनास बोहोराले दुई र कप्तान भेषावकरले एक विकेट चट्काएका थिए ।

बिराटनगरका कप्तान आजको खेलमा पनि लयमा देखिएनन । ओपनिङ गर्न आएका खड्का एक रनमै पबिलियन फर्किएका थिए । बिराटनगरका लागि बाबर हायतले पनि केही योगदान दिन सकेनन ।

भ्यान डर मर्विको २५ , रन बिराटनगरका लागि उच्च स्कोर भएको थियो ।

९२ रनको झिनो लक्ष्य पछ्याएको भैरहवाले छ विकेट गुमाउदै , दुई बल रहदा , लक्ष्य भेटाएको हो । भैरहवाका लागि र्यान टेन डेस्काटले २० रन जोडेका थिए भने भेषावकरले १६ रन जोडेका थिए ।

बिराटनगरका लागि भ्यान डर मर्वीले चार ओभरमा १० रन मात्र दिदै २ विकेट् चट्काएका थिए ।



त्यस्तै आजै भएको दोस्रो खेलमा ललितपुर र काठमाडौले एक अर्काको सामना गरेका थिए ।

टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौले सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सकेको थियो। काठमाडौका लागि केभिन ओ ब्रायनको ३३ बल ४२ रन बाहेक कुनै अरु खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन ।

कप्तान ब्रायनले तीन चौका र दुई छक्काका मद्दतले ४२ रनको पारी खेलेका थिए । त्यस्तै सिद्दान्तले २१ रन जोड्दा , काठमाडौले १०९ रन पुर्याएको हो । ललितपुरका बलरले उत्कृष्ट प्रदर्शन गर्दा , काठमाडौको स्थिती कमजोर हुन पुगेको हो ।

ललितपुरका पवन सराफले चार ओभर बलिङ्ग गर्दै २२ रन खर्चेर तीन विकेट चट्काएका थिए । त्यस्तै रसिद खानले २ विकेट , सन्नी पटेलले एक , योगेन्द्र कार्किले दुई विकेट लिए।

११० रनको लक्ष्य पछ्याएको ललितपुरले १०.३ ओभरमै लक्ष्य पूरा गर्यो । ओपनर कोलसवाला र गौरब तोमारले उत्कृष्ट साझेदारि निभाउदै , लक्ष्य पूरा गरे ।

गौरब तोमारले ३५ बलको सामना गर्दै पाच छक्का , नौ चौकाको मद्दतले ८० रन बनाए भने कोलसवालाले २८ बलको सामना गर्दै २७ रन बनाएका थिए ।

जित सङ्गै ललितपुर पेटृयट्स अंक तालिकाको शिर्ष स्थानमा उकलेको छ ।

बिराटनगर भैरहवाबिरुद्दको खेलमा पराजित : काठमाडौलाई हराउदै ललितपुर शिर्ष स्थानमा !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top