Everest Premier League 2018

सुपर ओभरसम्म पुगेको खेलमा बिराटनगर बिजयी | पोखराको लगातार तेस्रो हार

  1. हाम्रो नेपाल क्रीकेट , काठमाडौ

रोमान्चक खेल !

टस जितेर पहिला फिल्डिङ्ग गर्ने निर्णय गरेको बिराटनगर वरियर्सले उत्कृष्ट बलिङ्ग गर्दै पोखरा राइनोजलाइ ८४ रनमा रोक्न सफल भएको थियो ।

नेदरल्यान्डका बलर , पल भन मिकिरन र भ्यान डर मर्विले उत्कृष्ट बलिङ्ग प्रदर्शन देखाउदै पोखराको टप अर्डरलाइ असफल बनाएका थिए ।

मिकिरनले चार ओभर बलिङ्ग गर्दै १७ रन खर्चेर तीन विकेट चट्काए भने मर्विले चार ओभरमा २० रन खर्चदै दुई विकेट चट्काए ।

पोखराका लागि इङ्ल्यान्डका कोउग्लिनले २० रन बाहेक कुनै अरु ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन ।

८५ रनको लक्ष्य पाएको बिराटनगर वरियर्सले ८४ रन बनाउदै आफ्ना सबै विकेट गुमाउदा , खेल बराबरीमा टुङ्गिन पुगेको हो । ओपनिङ्ग स्थानमा आएका कप्तान खड्का १ रनमा पबिलियन फर्किए सङ्गै अनिल शाह लगायत एस क पटेल कोहिले पनि राम्रो प्रदर्शन गर्न सकेनन ।

बिराटनगरका लागि आसिफ सेखले १९ रन , मर्विले ११ रन र करनले १५ रन बाहेक कुनै ब्याट्सम्यान चल्न सकेनन ।

पोखराका लागि बिपिन खत्रीले शानदार प्रदर्शन गर्दै १५ रन खर्चेर तीन विकेट चट्काए। त्यस्तै अन्तिम ओभर गरेका बिक्रम सोबले विपक्ष टोलिलाइ एक रन चाहिदा , सोबले मिकिरनको विकेट लिदै हारको मुखमा रहेको पोखरालाई बराबरको नतिजा दिलाए ।

बराबरिमा गएको खेलमा सुपर ओभर हुदा , पहिला ब्याटिङ गरेको बिराटनगरका लागि करन केसिले छ बलमा २० रन बनाउदा पोखराले १ ओभरमा २१ रनको बिजयी लक्ष्य पाएको थियो ।

जवाफि ब्याटिङ गरेको पोखराका लागि भण्डारीले एक छक्का र एक चौका प्रहार गरेता पनि १२ रन मात्र बनाउन सके । बिराटनगरका लागि भ्यान डर मर्विले सुपर ओभर गरेका थिए ।

यसरी , आजको पहिलो रोमान्चक खेलमा बिराटनगर बिजयी भएको छ ।

सुपर ओभरसम्म पुगेको खेलमा बिराटनगर बिजयी | पोखराको लगातार तेस्रो हार
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top