Everest Premier League 2018

रोमान्चक खेलमा भैरहवा बिजयी ! रबिइन्दर सिङको नायकिय पारी , लगाए उत्कृष्ट शतक !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

रोमान्चक प्रस्तुति , रोमान्चक नतिजा !

टस जितेर पहिला ब्याटिङ गरेको पोखरा राइनोजका लागि सात छक्का र सात चौकाका मद्दतले ७९ रन बनाएका दक्षिण अफ़्रिकि ब्याट्सम्यान रिकार्ड लेभीले पोखरालाइ उत्कृष्ट सुरुवात दिलाएका थिए ।

लेभी सङ्गै ओपनिङ्गका लागि आएका काय्ल कोट्जरले पनि चार चौका र दुई छक्काका साथ ३७ बलमा ४७ रन बनाए। अर्धशतक नजिक पुगेका कोएट्जर अभिनास बोहोरोको बलमा आउट हुन पुगेका थिए।

Poor start for Bhairahawa 

शतकिय सझेदारी बाट सुरुभएको पोखरा राइनोजको पारी २१५ रनमा गएर टुङ्गिएको थियो । सुनिल धमालाको ३८(२३) रनको मद्दतले पोखरा उत्कृष्ट स्थिती पुगेको थियो ।

२१६ रनको विशाल लक्ष्य पछ्याएको शरदद्वारा कप्तानित भैरहवा ग्लेडियटेर्सका ओपनरले राम्रो प्रदर्शन गर्न नसकदा , सुरुवाती समयमा कमजोर स्थितीमा रहेको भैरहवा ग्लेडियटर्सका नायक रबिइन्दर सिङले इन्निङ्गलाइ अन्तिम बल सम्म पुर्याएर खेल जिताए।

सिङले ६० बलको सामना गर्दै १० छक्का र आठ चौकाका मद्दतले १२५ रनको अबिजित पारी खेले। उनले सुरुवातबाटै आक्रमक लय देखाउदै , हार तर्फ लम्कदै गरेको टिमलाइ जित दिलाए ।

Sunil Dhamala played a well built inning

सिङ बाहेक , आरिफले २३ र मेहेराले १८ रन बनाउन सफल भए। पोखराका तर्फबाट भारी , बिक्रम सोब , कोग्लिनले समान दुई दुई विकेट चट्काए !

Brilliant century from Ravi INder SIngh

२१५ रनको लक्ष्य पाएको भैरहवाले दुई बल रहदै लक्ष्य भेटाएको हो ।

रोमान्चक खेलमा भैरहवा बिजयी ! रबिइन्दर सिङको नायकिय पारी , लगाए उत्कृष्ट शतक !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top