Everest Premier League 2018

दोस्रो खेल | ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दा , चितवन टाइगर्स ११ रनले पराजित !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिप झोरा र सन्दिप लामिछाने उत्कृष्ट !!

टस जितेर पहिला ब्याटिङ गरेको पेटृयट्सले दिएको १४४ रनको लक्ष्य पछ्याएको चितवन टाइगर्सको इन्निङ्ग १३२ रनमा गएर टुङ्गिदा , आफ्नो दोस्रो खेलमा ललितपुर ११ रनले बिजयी भएको छ ।

पहिलो खेलमा कमजोर ब्याटिङ प्रदर्शन गरेको ललितपुरले दोस्रो खेलमा शानदार लक्ष्य प्रस्तुत गरेको थियो । सोनु तामाङ र सन्दिप झोराको आक्रमक ब्याटिङको मदतले १२० रनमा टुङ्गिने ललितपुर पेटृयट्सले १४३ रन बनाउन सफल भएको थियो ।

ललितपुरका लागि कोलसावालाले ३० बलको सामना गर्दै एक छक्का र एक चौकाको मद्द्तले २० रन बनाए भने अर्का ओपनर भुर्तेलले १३ बलको सामना गर्दा ३ रनमात्र बनाउन सके ।

हिजोको खेलमा उत्कृष्ट बलिङ्ग गरेका गौरब तोमारले २९ बलको सामना गर्दै ३० रन बनाए भने मिडल अर्डर समहाल्ने जिम्मेवारी पाएका सोनु तामाङ्गले २४ बलको सामना गर्दै ३ छक्का र एक चौकाको मद्दतले ३५ रन वनाएका थिए ।

Lalitpur vs Chitwan
Jaykishan Kolsawala directs the bowler



आफुलाइ ब्याटिङ अर्डरमा पछि ल्याएका कप्तानले भने उल्लेखनीय योगदान नसके पनि , फिनिसिङको जिम्मेवारी पाएका सन्दिप झोराले ८ बलको सामना गर्दै तीन छक्का र एक चौकाको मद्दतले ३० रन बनाए ।

चितवनका लागि स्कटको दुई विकेट बाहेक कुनै अरु बलरले राम्रो प्रदर्शन गर्न सकेनन ।

१४४ रनको लक्ष्य पछ्याएको चितवनले २० ओभर ब्याटिङ गर्दै १३२ रन मात्रै बनाउन सक्यो । चितवनका लागि दिपेन्द्र ऐरिको ४५ वल ४१ बाहेक कुनै अरु ब्याट्सम्यानले उल्लेखनिय योगदान दिन सकेनन ।

स्कटले ९ बलमा २१ रनको योगदान दिएता पनि टिमलाइ जित भने दिलाउन सकेनन ।त्यस्तै भिम शार्किले ९ बलमा दुई छक्काको मद्द्तले आक्रमक २१ रन बनाए ।

ललितपुरका लागि सन्दिप लामिछानेले चार ओभरमा २६ रन खर्च्दै ३ विकेट चट्काए । त्यस्तै सन्नी पटेलले चार ओभरमा २६ रन खर्चदै महत्त्वपूर्ण तीन विकेट चट्काए। उत्कृष्ट प्रदर्शन देखाएका सन्दिप प्लेयर अफ द म्याच भए ।

सन्दिपले २०१८ इपिएलको अन्तिम खेलका रुपमा आजको खेल खेलेका हुन । अब बिग ब्यास लिगका लागि उनी अस्ट्रेलिया प्रस्थान गर्ने छन !

LP celebrates a wicket !

-photocredit (lalitpur patriots)

दोस्रो खेल | ललितपुरले उत्कृष्ट प्रदर्शन गर्दा , चितवन टाइगर्स ११ रनले पराजित !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top