News

पहिलो खेलमा बिराटनगर तीन विकेटले बिजयी : करनद्वारा नायकिय पारी !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

१०५ रनको लक्ष्य पाएको विराटनगर वरियर्सले खराब सुरुवात गरेतापनी अन्तिममा जित आफ्नो पक्षमा पार्न सफल भएको छ ।

अनिल कुमार शाह र असिफ सेखले चित्तबुज्दो सुरुवात दिए पनि मिडल अर्डर ब्याट्सम्यानहरुको प्रदर्शन खराब रहन पुग्दा बिराटनगर वरियर्स सुरुवाती ओभरहरुमा कमजोर देखिएको थियो ।

पारस खड्काको ब्याट् नचल्दा बिराटनगर लयमा फर्किन सकेको थिएन । तीन छक्का र एक चौकाको नायकिय पारी खेल्दै हारको मुखमा रहेको बिराटनगरलाई जित तर्फ डोहोर्यौन सफल करन केसिले आफ्नो ब्याटिङ र बलिङ्गले सबै दर्शकलाई मनोरञ्जन गराए ।

ललितपुरका तर्फबाट गौरब तोमारले ४ ओभरमा १४ रन खर्च्दै ३ उत्कृष्ट विकेट लिएका थिए । भने सन्दिपले दुई ओभरमा १२ रन खर्चदै दुई विकेट चट्काएका थिए ।

यसैगरी एभरेष्ट प्रिमियर लिग २०१७ कोच्याम्पियन बिराटनगर वरियर्सले पहिलो खेलमा ललितपुर पेटृयट्सलाइ ३ विकेटले पराजित गर्यो ।

यस्तो रहेको छ टिम स्क्वाड :

बिराटनगर वरियर्स : पारस खड्का(कप्तान) , अनिल शाह , पल भन मिकिरन , पुष्प थापा , राम नरेश गिरि , बाबर हायत , रोबिन क्षेत्री , करन केसि , बिनोद लामा , सुमित महर्जन , वसन्त रेग्मी , आसिफ सेख , हरि चौहान ।

ललितपुर पेटृयट्स : ग्यानेन्द्र मल्ल (कप्तान) , सन्दिप लामिछाने , सन्दिप जोरा ,ललित राज्बन्शी ! शन्कर राना , कुसल भुर्तेल , नारायण जोशि , पवन शराफ , सोनु तामाङ्ग , रशिद खान , सन्नी पटेल , योगेन्द्र कार्की , सुमित झा , गौरब तोमार , जयकिशन कोलसावाला

पहिलो खेलमा बिराटनगर तीन विकेटले बिजयी : करनद्वारा नायकिय पारी !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top