Everest Premier League 2018

एभरेस्ट प्रिमियर लिग २०१८ | ललितपुरका ब्याट्सम्यानमाथी वरियर्सका बलर हाबी , ललितपुरले पेस गर्यो १०५ रनको लक्ष्य

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

एभरेष्ट प्रिमियर लिग २०१८ को पहिलो खेलमा , टस जितेर पहिला ब्याटिङ गरेको ललितपुर पेटृयट्सले कमजोर सुरुवात गरेको थियो । उत्कृष्ट सुरुवात गरेको बिराटनगर वरियर्सले ललितपुरका कुनै पनि ब्याट्सम्यानलाई चल्न दिएन ।

ललितपुरका जय किसन कोल्सावाला पवन सराफ गौरब तोमार कुसल भुर्तेल लगयातका ब्याट्सम्यानहरु नचल्दा पेटृयट्सले राम्रो लक्ष्य पेस गर्न सकेन ।

ललितपुरका लागि कप्तान ग्यानेन्द्र मल्लले सर्बाधिक ४९ रन बनाए। त्यस्तै सन्नी पटेलले १५ बलको सामना गर्दै तीन चौकाका साथ २० रन बनाए । मल्लले ५२ बलको सामना गर्दै तिन चौका र दुई छक्काका मद्दतले ४९ रन बनाए ।

बिराटनगरका लागि करनले केसिले उत्कृष्ट बलिङ्ग गर्दै चार ओभर बलिङ्ग गर्दै २० रन खर्चेर दुई विकेट लिए , भ्यन डर मर्विले चार ओभरमा १४ रन खर्चदै दुई विकेट चट्काए । त्यस्तै पारस खड्का , सन्नी पटेल र वसन्त रेग्मिले एक एक विकेट चट्काए ।

ललितपुरले २० ओभर ब्याटिङ गर्दै नौ विकेट गुमाएर १०४ रन बनाउदै पारसको बिराटनगरलाई १०५ रनको लक्ष्य पेस गरेको छ।

यस्तो रहेको छ टिम स्क्वाड :

बिराटनगर वरियर्स : पारस खड्का(कप्तान) , अनिल शाह , पल भन मिकिरन , पुष्प थापा , राम नरेश गिरि , बाबर हायत , रोबिन क्षेत्री , करन केसि , बिनोद लामा , सुमित महर्जन , वसन्त रेग्मी , आसिफ सेख , हरि चौहान ।

ललितपुर पेटृयट्स : ग्यानेन्द्र मल्ल (कप्तान) , सन्दिप लामिछाने , सन्दिप जोरा ,ललित राज्बन्शी ! शन्कर राना , कुसल भुर्तेल , नारायण जोशि , पवन शराफ , सोनु तामाङ्ग , रशिद खान , सन्नी पटेल , योगेन्द्र कार्की , सुमित झा , गौरब तोमार , जयकिशन कोलसावाला

एभरेस्ट प्रिमियर लिग २०१८ | ललितपुरका ब्याट्सम्यानमाथी वरियर्सका बलर हाबी , ललितपुरले पेस गर्यो १०५ रनको लक्ष्य
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top