Everest Premier League 2018

भोलीबाट सुरुहुदै एभरेष्ट प्रिमियर लिग २०१८ | पहिलो खेलमा बिराटनगर वरियर्स र ललितपुर पेट्रियट्स भिड्दै !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

नेपालको सर्बाधिक लोकपृय प्रतियोगिता : एभरेष्ट प्रिमियर लिग भोलिबाट सुरुहुँदै !

डिफेन्डिङ्ग च्याम्पियन बिराटनगर वरियर्स र ललितपुर पेट्रियट्सले उद्घाटन खेलमा आमने सामने गर्ने छन । उद्घाटन समारोह पनि रहेकाले भोलिको खेल दिउँसो १ बजेबाट सुरुहुनेछ ।

बिदेशी खेलाडी , अन्तर्राष्ट्रिय स्तरका कमेन्टेटर , बिदेशी चियर लिडर जस्ता थुप्रै आकर्षण बोकेको एभरेष्ट प्रिमियर लिग २०१८ ले नेपाली दर्शकहरुलाइ उत्साहित बनाउदै आएको छ ।

एभरेष्ट प्रिमियर लिग २०१७ को बिजेता बिराटनगर वरियर्स यो पटक पनि दृढ देखिएको छ । हङकङका कप्तान बाबर हायत , नेदरल्यान्डका पल भन मिकिरन , कप्तान पारस खड्काहरुको उपस्थितिले टिमलाइ अझै बलियो बनाएको छ ।

त्यस्तै ग्यानेन्द्र मल्लद्वारा कप्तानित ललितपुर पेट्रीयट्समा नेपाली युवा लेग स्पिनर सन्दिप लामिछाने , भारतका गौरभ तोमार , जयकिसन कोल्सावाला , शंकर राना रहेका छन ।

टिमको कुरा गर्दा दुबै टिम बलिया देखिएका छन , उद्घाटन खेल निकै नै रोमान्चक हुने आशा गर्न सकिन्छ ।

बिराटनगरका बाबर हायत भने इमर्जिङ्ग एसिया कपका कारण केही खेलहरु छुटाउने छन ।

तालिममा उत्कृष्ट ढङ्गले लागिपरेका दुबै टोलि ट्रफिका लागि दाबेदार मान्य छन । बिराटनगर वरियर्सका प्रमुख प्रशिक्षक उमेस पटवालको अनुभबले बिराटनगरको हौसला अझै उच्च रहने अनुमान गर्न सकिन्छ ।

यस्तो रहेको छ टिम स्क्वाड :

बिराटनगर वरियर्स :

पारस खड्का(कप्तान) , अनिल शाह , पल भन मिकिरन , पुष्प थापा , राम नरेश गिरि , बाबर हायत , रोबिन क्षेत्री , करन केसि , बिनोद लामा , सुमित महर्जन , वसन्त रेग्मी , आसिफ सेख , हरि चौहान ।

ललितपुर पेटृयट्स :

ग्यानेन्द्र मल्ल (कप्तान) , सन्दिप लामिछाने , सन्दिप जोरा ,ललित राज्बन्शी ! शन्कर राना , कुसल भुर्तेल , नारायण जोशि , पवन शराफ , सोनु तामाङ्ग , रशिद खान , सन्नी पटेल , योगेन्द्र कार्की , सुमित झा , गौरब तोमार , जयकिशन कोलसावाला

Sandeep Lamichhaane 
भोलीबाट सुरुहुदै एभरेष्ट प्रिमियर लिग २०१८ | पहिलो खेलमा बिराटनगर वरियर्स र ललितपुर पेट्रियट्स भिड्दै !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top