अन्तर्राष्ट्रिय

२०११ बिश्वकप फाइनलका नायक गौतम गम्भिरले क्रीकेटबाट गरे सन्यासको घोषणा !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

गम्भिरले लिए सन्यासको निर्णय !

भारतीय टेस्ट ओपनरहरु मध्ये तेस्रो सर्बाधिक रन बनाएका गौतम गम्भिरले क्रीकेटका सबै फर्म्याटबाट सन्यास लिएका छन । रन्जी ट्रफीको डिसेम्बर ६ मा खेलिने खेल उनको अन्तिम खेल हुनेछ ।

यस अघिको सिजनमा दिल्ली डेयरडेभिल्सका कप्तान चुनिएका गम्भिरले आफ्नो खराब लयका कारण कप्तानी त्यागेका थिए ।

टेस्ट करियरमा २००४ बाट २०१६ सम्ममा गम्भिरले ४२ को औसतले उत्कृष्ट ४११९ रन बनाएका थिए जसमा ९ शतक र २२ अर्धशतक बनाएका छन । उनको २००३ देखि २०१३ सम्मको एकदिबसिय करियरमा ४९ को औसतले ५२३८ रन बनाए जसमा उनले ११ शतक र ३४ अर्धशतक बनाएका थिए ।

एकदिबसिय्को उनको सबैभन्दा यादगार पारी भारत र श्रीलंका बिचको २०११ को बिश्वकप फाइनलमा रहेको थियो । उनले सो खेलमा १२२ बलको सामना गर्दै ९७ रन बनाएका थिए ।

धोनिको कप्तानिमा भारतले बिश्व टि-२० कप उठाएको थियो जसको एक महत्वपूर्ण हिस्सा थिए , गौतम गम्भीर । उनले ३७ टि-२० खेलेका छन जसमा उनले २७ रनको औसतका साथ ९३२ रन बनाएका थिए ।

२०११ बिश्वकप फाइनलका नायक गौतम गम्भिरले क्रीकेटबाट गरे सन्यासको घोषणा !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top