Domestic News

पाचौ संस्करण कर्पोरेट सुपर सिक्स २०७५ : सेन्चुरी बैंकलाइ उपाधी , एन आइसी बैंक तिन विकेटले पराजित !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सेन्चुरी बैंकका बिष्णु तिवारी : म्यान अफ द म्याच

आज सम्पन्न पाचौ कर्पोरेट सुपर सिक्स प्रतियोगिताको फाइनलमा सेन्चुरी बैंकद्वारा एन आइ सि एसिया बैंक तिन विकेटले पराजित भएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको एन आइ सि एसिया बैंकले पाच ओभरको पारीमा ७६ रन बनाएको थियो । टोलिका लागि सन्दिप कार्किले सर्बाधिक ३१ रनको पारी खेले ।

राम्रो बलिङ्ग प्रदर्शन देखाएको सेन्चुरी बैंकले , पाएको ७७ रनको बिजयी लक्ष्य एक बल बाकी रहदा पूरा गर्न सफल भयो । टिमले ७७ रन बनाउदा आफ्ना तीन ब्याट्सम्यान भने गुमाइसकेको थियो ।

बिजयी टोलिका लागू सुबाश शर्माले उत्कृष्ट २१ रन बनाएका थिए । त्यस्तै अन्तिम सम्मै अबिजित रहेका बिष्णु तिवारीले २० रनको उत्कृष्ट पारी खेलेका थिए ।

आज सम्पन्न प्रतियोगिताका उत्कृष्ट विकेट किपर सुवाश शर्मा , उत्कृष्ट फिल्डर सिर्जन सुबेदि ,सर्बाधिक छक्का प्रहार गर्ने खेलाडी सुरज तिमल्सिना , भने उत्कृष्ट बलर सुमित श्रेष्ठ भएका थिए ।

खेलका केही झलकहरु :

फोटो सौजन्य ( एस एस इभेन्ट्स )

उत्कृष्ट बलर: 

उत्कृष्ट फिल्डर :

उत्कृष्ट विकेट किपर :

उत्कृष्ट ब्याट्सम्यान 

प्रतियोगिताकै उत्कृष्ट ब्याट्सम्यान रोजन प्रधान वन्न सफल भए भने प्रतियोगिताका उत्कृष्ट खेलाडि सुदिप तिमल्सिना बने , उनले अवार्डको रुपमा १०००० रकम तथा चिरायु अस्पतालमा प्याकेज तथा ३२ इन्चको एल इ डि टिभि पाएका थिए ।

पाचौ संस्करण कर्पोरेट सुपर सिक्स २०७५ : सेन्चुरी बैंकलाइ उपाधी , एन आइसी बैंक तिन विकेटले पराजित !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top