Everest Premier League 2018

एभरेष्ट प्रिमियर लिग २०१८ : उत्सुकताले भरीपुर्ण इपिएल ३ | सबै जानकारी !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

एभरेष्ट प्रिमियर लिग : नेपाली क्रीकेटको नक्सा बदलिदै

एभरेष्ट प्रिमियर लिगको तेस्रो सिजनको तयारी तथा खेलाडीहरु अनुबन्धन हुने कार्य जारी छ । दोस्रो सिजनमा भारत र हङ्कङबाट केही बिदेशी खेलाडीहरु इपिएलका टिमहरुसङ्ग अनुबन्धित भएका थिए ।

तेस्रो सिजनले सबै क्रीकेट समर्थकहरुलाइ उत्साहित पारेको छ । इपिएल २०१८ का टिमहरुले आयरल्यान्ड , स्कटल्याण्ड , नेदरल्यान्ड जस्ता टिमहरुका उत्कृष्ट खेलाडीहरुलाइ अनुबन्धन गर्दै आएका छन ।

बिश्वकपमा ५० बलको सामना गर्दै फास्टेस्ट सेन्चुरी लगाएका आयरल्यान्डका केभिन ओ ब्रायन , नेदरल्यान्डका इस्टार रयान टेन डेस्काट , यु ए इ का कप्तान रोहन मुस्ताफा जस्ता खेलाडीहरुले इपिएल २०१८ मा प्रतिस्पर्धा गर्ने छन !

यस सिजनमा बिदेशी मुलका उत्कृष्ट कमेन्टेटरहरु पनि समाबेश गरिनेछ । त्यस्तै फ्यान्सहरुलाइ पनि , एक हाते क्याच लिएमा रु ५०००० रकम प्रदान गरिने भनिएको छ ।

यस पटकको इपिएलमा रहेका बिदेशी खेलाडीहरु यसप्रकार रहेका छन :

१) काइल कोएट्जर :

आयरल्यान्ड क्रीकेट टिमका मेरुदण्ड काइल कोएट्जरलाई पोखरा राइनोजले अनुबन्धन गरेको थियो । ३४ बर्षिय आइरिस दाहिने हाते ब्याट्सम्यान कोएट्जर टप अर्डर ब्याट्सम्यानले ५० एकदिबसिय खेल खेलिसकेका छन , ५० खेलमा उनले १९६९ रन बनाएका छन भने उनको उच्च स्कोर १५६ रहेको छ ।

टि-२० रेकर्ड हेर्दा , उनले ४५ खेलमा २५ को औसत र १२० को इस्ट्राइक रेटले १०३५ रन बनाएका छन । टि-२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर भने ७० रहेको छ । इपिएल २०१८ मा उनले पोखरा राइनोजबाट खेल्ने छन ।

२) केभिन ओ ब्राइन :

आयरल्यान्डका अर्का उत्कृष्ट अलराउन्डर ब्याट्सम्यान केभिन ओ ब्राइनले पनि इपिएल २०१८ मा प्रतिस्पर्धा गर्ने छन । काठमाडौ किङ्ग्ससङ्ग अनुबन्धित भएका केभिन ओ ब्राइन उत्कृष्ट अलराउन्डर मानिन्छन । उनले १२८ एकदिबसिय खेलहरु खेलिसकेका छन , १२८ खेलमा उनले १४२ रनको उच्च स्कोर सहित ३१७२ रन बनाएका छन ।

केभिन ओ ब्राइनले बिश्वकपमा ५० बलको सामना गर्दै फास्टेस्ट शतक जडेपछी , आयरल्यान्डले इङ्ग्ल्यान्ड बिरुद्ध उत्कृष्ट जित हासिल गरेको थियो । उनको टि-२० करियर हेर्दा , उनले ६७ खेलमा ७७५ रन बनाएका छन , त्यस्तै बलिङ्ग हेर्दा उनले टि-२० मा ६७ खेल खेल्दै ५० विकेट चट्काएका छन ।

३) रोहन मुस्ताफा :

पछिल्लो सिजन धनगढी प्रिमियर लिग र यसपाली पोखरा प्रिमियर लिगमा सहभागिता जनाइसकेका मुस्ताफा यु.ए.इ.का उत्कृष्ट खेलाडी हुन । मुस्ताफाले दायाँ हाते टप अर्डर ब्याट्सम्यान हुन । उनको बलिङ्ग पनि उत्तिकै दमदार हुने गर्छ । २५ टि-२० खेलमा उनले ३४४ रन बनाएका छन भने उनको उच्च स्कोर भने ७७ रन रहेको छ । मुस्ताफालाई काठमाडौ किङ्ग्ले अनुबन्धन गरेको छ ।

४) बाबर हायत :

दोस्रो सिजनको इपिएल तथा डिपिएलमा खेलिसकेका बाबर हायतले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनको सहभागिता रहेकै बेल २०१७ इपिएलमा बिराटनगर वरियर्स बिजयी भएको थियो । बाबर हायतले तेस्रो सिजनको इपिएलमा पनि बिराटनगर वरियर्सबाटै खेल्ने छन ।

 

५) पौल भन मिकिरन :

नेदरल्यान्ड्सका उत्कृष्ट खेलाडी मिकिरनले बिराटनगर वरियर्सको प्रतिनिधित्व गर्ने छन । उत्कृष्ट बलरका रुपमा चिनिदै आएका मिकिरन दाहिने हाते फास्ट बलर हुन । २५ बर्षिय मिकिरनले नेदरल्यान्ड्सको राष्ट्रिय टोलिबाट २३ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन ।

उनले २३ खेलमा २२ को औसत र ६.६१ को इकोनोमिका साथ २० विकेट लिएका छन । उनको टि-२० अन्तर्राष्ट्रियमा उच्च प्रदर्शनको फिगर हेर्दा , उनले ११ रन खर्चदै ४ विकेट लिएका थिए ।

६) पौल इस्टर्लिङ्ग :

ठुला नामहरु मध्ये प्रभाबकारी खेलाडी पौल स्टर्लिङ्ग पनि हुन। अहिले टि-१० लिगमा सहभागिता जनाएका स्टर्लिङ्गले आफ्नो खेल्ने तरिका प्रष्ट पारेका छन ।आक्रमक सटहरु खेल्ने स्वभाबका अल राउन्डर ब्याट्सम्यान स्टर्लिङ्गले ५२ टि-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन ।

५२ टि-२० अन्तर्राष्ट्रियमा उनले १३६ को स्ट्राइक रेट र २५ रनको औसतका साथ ११८१ रन बनाएका छन । त्यस्तै बलिङ्ग तर्फ पौलले २८ इन्निङ्गमा १५ विकेट लिएका छन । स्टर्लिङ्गले चितवन टाइगर्सबाट खेल्ने छन ।

७) मुहम्मद नबिद :

३१ बर्षिय नबिद यु.ए.इ राष्ट्रिय टिमका दाहिने हाते तिब्र गतिका बलर हुन । उनले २३ टि-२० खेलमा १२८ रनको इस्ट्राइक रेटको साथ २६४ रन बनाएका छन । उनले टि-२० अन्तर्राष्ट्रिय २३ खेल खेल्दै ६.०८ औसतका साथ २९ विकेट लिएका छन ।

उनले भैरहवा ग्लेडियटर्सबाट इपिएलमा प्रतिस्पर्धा गर्ने छन ।

८) रयान टेन डेस्काट :

नेदरल्यान्डका स्टार खेलाडी रयान टेन डेस्काटले भैरहवा ग्लेडियटर्सबाट खेल्ने छन । उत्कृष्ट अलराउन्डरका रुपमा चिनिने रयानले कोल्कत्ता नाइट राइडर्सबाट पनि खेलिसकेका छन ।

उनले १० टि-२० अन्तर्राष्ट्रिय खेलमा १३० रनको स्ट्राइक रेट र ४२ को औसतका साथ २५२ रन बनाएका छन । बलिङ्ग रेकर्ड हेर्दा , उनले १० खेलमा ७.०८ इकोनोमिका साथ १२ विकेट लिएका छन ।

९) जोन सिम्प्सोन :

इङ्ग्ल्यान्ड मुलका जोनले ९४ टि-२० खेलमा १२८ को स्ट्राइक रेटका साथ १५५७ रन बनाएका छन । उनले इङ्ग्ल्यान्डको अन्डर १९ टोलिबाट खेलिसकेका छन । सिम्प्सोन ३० बर्षिय आक्रमक विकेट किपर ब्याट्सम्यान हुन । उनले इङ्ग्ल्यान्डको राष्ट्रिय टिमबाट भने खेल्ने मौका पाएका छैनन ।

सिम्प्सोनले चितवन टाइगर्सबाट खेल्ने छन ।

१०) रिकार्ड लेभी :

दक्षिण अफ्रिकाका उत्कृष्ट क्रिकेटर रिकार्ड लेभीले इपिएल २०१८ मा सहभागिता जनाउने छन । उनले पोखरा राइनोजबाट खेल्नेछन ।३० बर्षिय लेभिले मुम्बइ इन्डियन्सबाट पनि खेलिसकेका छन । ओपनिङ्ग ब्याट्सम्यान रहेका लेभिले १३ टि-२० अन्तर्राष्ट्रिय खेलहरुमा दक्षिण अफ्रिकाको प्रतिनिधित्व गरिसकेका छन ।

उनले १३ खेलमा १४१ को स्ट्राइक रेटका साथ २१ रनको औसतसङ्ग २५६ रन बनाएका छन ।उनले १३ खेल खेल्दा ११७ रनको विशाल पारी पनि खेलेका थिए । १३ खेलमा उनले १३ छक्का र २० चौका प्रहार गरेका छन ।

टि-२० खेलहरु भने उनले १९८ खेल खेलिसकेका छन। उनले १९८ खेलमा १४४ को स्ट्राइक रेटका साथ ५०७० रन बनाएका छन । यश दौरान उनले ३ शतक र ३३ अर्धशतक जडेका छन । उनको अनुभव र आक्रमक अन्दाजले पक्कै पनि पोखारा राइनोजलाइ मद्द्त पुर्याउने छ ।

यी बाहेक , पछिल्लो सिजनमा सहभागिता जनाइसकेका भारतिय मुलका गौरब तोमार , इस्राउल्लाह , सन्नी पटेल पनि सिजन ३ का लागि तयार छन !

अन्तर्राष्ट्रिय खेलाडी तथा कृष्णमुर्ती जस्ता कमेन्टेटरले गर्दा यसपटक को एभरेस्ट प्रिमियर लिग अन्तर्राष्ट्रिय स्तरको हुने दाबी गर्न सकिन्छ । अब एक साता पछि सुरुहुने इपिएल हेर्न सबै नेपाली क्रीकेट फ्यान उत्साहित देखिन्छन ।


आउदो शनिबारदेखि सुरुहुन गैरहेको इपिएल २०१८ को टिकेट डिजिपे (DigiPay) एपले अनलाइन टिकेट बितरण गर्ने छ ।

एभरेष्ट प्रिमियर लिग २०१८ : उत्सुकताले भरीपुर्ण इपिएल ३ | सबै जानकारी !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top