नेपाली खबर

सन्दिपको निराशजनक फर्म जारी ! अन्तिम खेलमापनि विकेट बिहिन !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिपले पाए मात्र एक ओभर !

लगतार आफ्नो खेलमा लय गुमाउदै आएका लामिछानेले आजको खेलमा पनि राम्रो प्रदर्शन गर्न सकेनन ! उनले आफ्नो पहिलो ओभरमै २० रन खर्छे पछि कप्तानले अर्को ओभर गर्न उनको हातमा बल थमाएनन ।

आज भएको खेलमा टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको केरालाले १० ओभरमा पाच विकेट चट्काउदै बेङ्गाल टाइगर्सलाइ १२३ रनम रोकेको थियो । टाइगर्सका लागि सुनिल नराइनले ओपन गरेका थिए ।

नराइनले लामिछानेको पहिलै ओभरमा तीन छक्का लगाएका थिए । उनले एकै ओभरमा २० रन बनाएका थिए । नराइनले २५ बलको सामना गर्दै चार चौका र चार छक्काको मद्दतले ५२ रन बनाए।

बेङ्गाल टाइगर्सका लागि रदरफोर्डले १७ बलको सामना गर्दै तीन छक्का र चार चौकाको मद्द्तले ३९ रन बनाएका थिए । केराला किङ्ग्सका लागि पार्नेलले दुई विकेट, हवेलले दुई विकेट लिए भने तन्भिरले एक विकेट चट्काए।

पहिला तीन खेलमा उत्कृष्ट प्रदर्शन गरेका सन्दिपले अन्तिम तीन खेलमा राम्रो प्रदर्शन गर्न सकेनन । उनले टि-१० लिगका छ खेलमा छ विकेट लिएका छन ।

केरेला नाइट्सले १२४ रनको लक्ष्य पाएको छ ।

सन्दिपको निराशजनक फर्म जारी ! अन्तिम खेलमापनि विकेट बिहिन !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top