नेपाली खबर

महत्त्वपूर्ण खेलमा केरेला पराजित ! सन्दिपको निराशजनक प्रदर्शन !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिप विकेट बिहिन !

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको केरालाले १० ओभर ब्याटिङ गर्दै १०१ रन बनाएको थियो । केरालाका लागि आइरिस ब्याट्सम्यान पौल इस्टर्लिङ्गले २८ बलको सामना गर्दै पाच छक्का र तीन चौकाको मद्द्तले ६० रन बनाएका थिए ।

इस्टर्लिङ्गको साथदिन आएका अर्का ओपनर कृस गेल चल्न नसकदा केरेलाले रनगतिलाइ बढाइरहन सकेन ! कप्तान मोर्गनले भने १३ बलको सामना गर्दै १७ रन बनाए ।

उत्कृष्ट बलिङ्ग प्रदर्शन गरेको नर्थन वरियर्सले उत्तिकै राम्रो ब्याटिङ पनि गरेको हो । स्टार बलर सन्दिपलाइ उत्कृष्ट पाराले खेल्दै वरियर्सका पुरन र रसेलले वरियर्सको जित सुनिस्चित गरे ।

सन्दिप लामिछानेले दइ ओभर बलिङ्ग गर्दै ४७ रन खर्चेका थिए ।उनको पहिलो ओभरमा पुरनले तीन छक्का प्रहार गरेका थिए भने दोस्रो ओभरमा रसेलले चार छक्का प्रहार गरेका थिए ।

खेल जिताउन मद्दत गरेका पुरनले १८ बलमा पाच छक्का प्रहार गर्दै ४३ रन बनाए भने रसेलले १० बलको सामना गर्दै चार चौकाको मद्दतले २९ रन जोडेका थिए ।

महत्त्वपूर्ण खेलमा केरेला पराजित ! सन्दिपको निराशजनक प्रदर्शन !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top