नेपाली खबर

केरला नाइट्स र राजपुतको खेल पानीका कारण रद्द !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

तेस्रो खेल रद्द !

पहिलो खेलमा जित र दोस्रो खेलमा हार बेहोरेको केरलाको तेस्रो खेल रद्द हुन पुगेको छ । टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको केरलालाई सन्दिपले राम्रो सुरुवात दिलाएका थिए । पहिलै ओभरमा राज्पुतका मोह्म्मद सेह्जादलाइ आउट गर्दै उनले उत्कृष्ट सुरुवात दिलाएका थिए ।

यस खेल रद्द भएपश्चात् केरला नाइट्स अब तेस्रो स्थानमा रहन पुगेको छ । अब दुई ग्रुपका टिमहरु बिछ प्रतिस्पर्धा हुने छ , दुबै ग्रुपका सबै टिमहरुले एल अर्का बिछ प्रतिस्पर्धा गर्ने छन ।

भोलिबाट दुई ग्रुप बिचका टिम हरु बिछ खेल हुनेछ !

पहिला दुई खेलमा उत्कृष्ट प्रदर्सन गरेका सन्दिपले तेस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन ! तीन खेलमा कुल छ विकेट चट्काइसकेका सन्दिप टुर्नामेन्टमा सर्बाधिक विकेट लिने सुचिमा दोस्रो स्थानमा रहेका छन !

टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको केरला नाइट्सका लागि सन्दिपले ओपनिङ्ग बलिङ्ग गरेका थिए । उनले पहिलो ओभरमा छ तन खर्चेर खतरनाक सेहेजादलाइ पबिलियनको बाटो देखाएका थिए ।

सन्दिपले यश अघि , पहिलो खेलम ३ विकेट लिएका थिए भने दोस्रो खेलमा एक र आज भएको तेस्रो खेलमा दुई विकेट चट्काए । उनले दुई ओभर गर्दै २३ रन खर्चेर दुई विकेट लिएका हुन। पहिलो ओभरमा छ रन मात्रै दिएका सन्दिपले दोस्रो ओभरमा भने १७ रन दिएका थिए ।

केरला नाइट्स र राजपुतको खेल पानीका कारण रद्द !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top