नेपाली खबर

२०२३ बिश्वकप संरचना सार्बजनिक : यस्तो हुनेछ नेपालको बाटो

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

बिश्वकपको संरचनामा ठूलो फेरबदल!

२०२३ को बिश्वकपमा १० टिमनै सहभागी भएपनी तर बिश्वकपमा पुग्ने बाटो भने बदलिएको छ।

अन्तर्राष्ट्रिय क्रीकेट परिषदअनुसार बिश्वकपमा प्रतिस्पर्धा गर्न पाचवटा बाटा बनाइएको छ। ती पाच बाटाहरु ! आइसिसी सुपर लिग , आइसिसी लिग २ , आइसिसि च्यालेन्ज कप , बिश्वकप क्वालिफाएर प्ले अफ र बिश्वकप क्वालिफायर हुनेछन।

छनोट प्रक्रियामा रहेको पहिलो आइसिसी सुपर लिग अन्तर्गत १२ टेस्ट मान्यता प्राप्त राष्ट्र र नेदरल्यान्ड्सले प्रतिस्पर्धा गर्ने छन जस मध्ये आठ टोलि सिधै बिश्वकपमा पुग्ने छन ।

त्यस्तै सुपर लिगका अन्तिम पाच टिमले अर्को बिश्वकप छनोट प्रतियोगिता खेल्ने छन। यस लगायत आइसिसी लिग २ मा नेपाल , युएइ , र स्कटल्याण्ड सहित डिभिजन दुई बाट आउने चार टिम सहित सात टोलिले प्रतिस्पर्धा गर्ने छन जस मध्ये तीन उत्कृष्ट टोलिले बिश्वकप छनोट खेल्नेछन भने बाकी चार टोलिले बिश्वकप क्वालिफायर खेल्ने छन।

नेपालको बाटो यस्तो रहनेछ:

पहिला नेपालले आइसिसी लिग २ खेल्नु पर्नेहुन्छ जहाँ नेपालले यु.ए.इ स्कटल्याण्ड सहित डिभिजन दुई बाट आउने चार टिम गरि सात टोलिले प्रतिस्पर्धा गर्नेछन । यी सात टिमबाट ३ उत्कृष्ट टोलिले बिश्वकप छनोट खेल्न पाउनेछन भने बाकी रहेका चार टोलिले बिश्वकप क्वालिफायर प्ले अफ खेल्नु पर्नेहुन्छ।

उत्कृष्ट तिनमा स्थान बनाए नेपालले सिधै बिश्वकप छनोटमा स्थान बनाउने छ। छनोटमा १० टिमले प्रतिस्पर्धा गर्ने छन जसबाट उत्कृष्ट दुई टोलिले बिश्वकपमा स्थान बनाउने छ।

यदि उत्कृष्ट तिनमा स्थान बनाउन नसके नेपालले आइसिसी क्वालिफायर प्ले अफ खेल्ने छ।

प्ले अफ क्वालिफायरमा आईसिसी लिग २ का अन्तिम ४ टिमहरु , च्यालेन्ज कप बाट छानिएका २ टिम बिच गरि कुल ६ टिमले प्रतिस्पर्धा गर्ने छन । यहाँ बाट उत्कृष्ट २ टिम ले बिश्वकप छ्नोट प्रतियोगिता खेल्नेछ्न ।

२०२३ बिश्वकप संरचना सार्बजनिक : यस्तो हुनेछ नेपालको बाटो
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top