नेपाली खबर

बिश्व टि-२० छनोट : बर्षा प्रभावित खेलमा नेपाल १४० रनले बिजयी ! करन बने म्यान अफ द म्याच !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

नेपालको उत्कृष्ट प्रदर्शन ! सन्दिपको पाच किकेट !!

उत्कृष्ट ब्याटिङ गर्दै १७३ रनको लक्ष्य दिएको नेपालले थाइल्यान्डको १८ रनमा ९ विकेट चट्काइसकेको छ। सुरुवाती झट्काए लगाएका ललितले एक विकेट लिए भने सन्दिप लामिछानेले पाच विकेट चट्काएका छन ! सन्दिपले ३ ओभर बलिङ्ग गर्दै ८ रन खर्चेर ५ विकेट लिएका हुन! ।

त्यस्तै ब्याटिङमा तबाही मच्च्याएका करन केसिले थाइल्यान्डको तिन विकेट चट्काइसकेका छन।उनले ब्याटिङको तर्फमा १४ बलको सामना गर्दै चार छक्का र दुई चौकाको मद्द्तले ४० रन जोडे पछि १४० तिर टुङ्गिने देखिएको नेपाली पारिले रफतार पकडेको हो।

नेपालका लागि सरदले ३४ र दिपेन्द्र ३० रनको योगदान दिएका थिए। त्यस्तै आक्रमक सुरुवात दिलाएका अनिलले २५ रन बिनोदले १५ रन जोडेका थिए।

हाल पानी परेका कारणले खेल रोकिएको छ। हाल थाइल्यान्डले ८.५ ओभर ब्याटिङ गर्दै १८ रन बनाएको छ भने ९ विकेट गुमाइसकेको थियो । लामो समय सम्म पनि बर्षा नरोकिएपछी डि एल मेथोडको आधारमा नेपाल १४० रनले बिजयी भएको छ।

जितसङ्गै नेपाल पोइन्ट टेबलको शिर्ष स्थानमा पुगेको छ। ८.७४५ नेट रन रेट सहित नेपाल पहिलो स्थानमा छ भने सिङ्गापुर दोस्रो र थाइल्यान्ड तेस्रो स्थानमा छ।

१४ बलमा ४० रन बनाएका करन केसिले बलिङ्ग तर्फ , १.५ ओभर गर्दै ३ रन खर्चेर ३ विकेट चट्काएका थिए ।

नेपालको प्लेइङ्ग ११ यस प्रकार रहेको छ:
पारस खड्का(क) ग्यानेन्द्र मल्ल , शरद भेषावकर , आरिफ सेख , अनिल शाह , ललित राज्बन्शी , सन्दिप लामिछाने , सोमपाल कामी , करन केसि , दिपेन्द्र ऐरि , बिनोद भण्डारी

बिश्व टि-२० छनोट : बर्षा प्रभावित खेलमा नेपाल १४० रनले बिजयी ! करन बने म्यान अफ द म्याच !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top