नेपाली खबर

नेपाल आठ विकेटले बिजयी ! सन्दिपको पाच विकेट , पारस खड्काले बनाए अर्धशतक !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

नेपाल आठ विकेटले बिजयी !

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले सबै विकेट गुमाउदै १०० रन बनाएको थियो। नेपालका लागि सन्दिप लामिछानेले पाच विकेट चट्काएका थिए भने सोमपाल कामीले ३ विक्व्ट चट्काएका थिए। मलेसियाका साफिकव ४९ रनको पारी खेलेका थिए।

१०१ रनको लक्ष्य पछ्याएको नेपालले १२.४ ओभरमा दुई विकेट गुमाउदै लक्ष्य पूरा गर्यो। नेपालले अनिल शाहलाइ चाडै गुमाएको थियो। अनिल साहको विकेट पछि कृजमा आएका पारस खड्काले उत्कृष्ट पारी खेले। त्यस्तै अर्का ओपनर बिनि भण्डारी १२ रनमा आउट हुन पुगेका थिए।

बिनोदको विकेट पछि उपकप्तान ग्यानेन्द्र मल्लले पारस सङ्ग उत्कृष्ट साझेदारी गरेर अन्तिम बलमा छक्का लगाउदै खेल जिताएका थिए। पारस खड्काले ३७ बलको सामना गर्दै पाच चौका र दुई छक्काको मद्दतले ५२ रनको कप्तानी पारि खेले भने मल्लले २४ बलको सामना गर्दै दुई चौका र एक छक्काको मद्दतले २७ रन जोडेका थिए।

सन्दिप लामिछाने

सन्दिप लामिछानेले दुई खेलमा ९ विकेट लिएका छन | म्यानमार बिरुद्दको पहिलो खेलमा उनले ३ रन दिएर ४ विकेट चट्काएका थिए भने उनले आजको खेलमा ४ ओभर बलिङ्ग गर्दै २० रन खर्चेर पाच विकेट चट्काएका थिए ।

पारस र ग्यानेद्र बिच ६९ रनको साझेदारी भएको थियो। यसै गरि नेपालले अफ्नो अबिजित यात्रा तय गरेको छ । नेपालले भोलि थाइल्यान्ड बिरुद्द प्रतिस्पर्धा गर्ने छ।

नेपाल आठ विकेटले बिजयी ! सन्दिपको पाच विकेट , पारस खड्काले बनाए अर्धशतक !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top