नेपाली खबर

सन्दिप तथा टिमको उत्कृष्ट प्रदर्शनमा मोन्ट्रीयल टाइगर्सले हासिल गर्यो पहिलो जित !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिपको गुग्ली बन्यो एड्मोन्टोन रोयल्सलाइ भारी!

टस हारेर ब्याटिङको निम्तो पाएको मोन्ट्रीयल टाइगर्सले पूरा २० ओभर ब्याटिङ गर्दै छ विकेट गुमाएर १२९ रन बनाएको थियो। टाइगर्सका लागि , हेनृकेजले ४९ बलको सामना गर्दै ५० रन बनाएका थिए।

हेनृकेजको ५० , राजाको २० र नजिबुल्लाहको २२ बाहेक अरु कुनै ब्याट्सम्यानले लय पकड्न सकेनन। जित्नै पर्ने खेलमा टाइगर्सको ब्याटिङ राम्रो रहन सकेन।

१३० रनको लक्ष्य पछ्याएको टाइगर्सको उच्च स्तरिय बलिङ्ग्को प्रदर्शन रहन पुग्यो र त्यही स्तरिय बलिङ्ग टाइगर्सको जितको कारण पनि बन्यो !

पहिलो दुई ओभरमा खतरनाक देखिएको रोयल्सले तेस्रो ओभरबाट लय गुमाउन थालेको हो। कप्तान मलिङ्गाले तेस्रो ओभरका लागि सन्दिपको हातमा बल थमाएपछी , सन्दिपको गुग्लीमा रोयल्सका ब्याट्सम्यान धरासायी बन्न पुगे।

सन्दिपले पहिलै ओभरमा आन्द्रे फ्लेचरलाइ बोल्ड गर्दै मेडेन ओभर गरे पछि , दबाब रोयल्स माथी सृजना हुन सुरु भएको हो।

सन्दिपले चार ओभर बलिङ्ग गर्दै १६ रन खर्चेर १ विकेट चट्काए। टाइगर्सको लागि , पिटर सिडलले उत्कृष्ट बलिङ्ग प्रदर्शन गरे । उनले ३.१ ओभर बलिङ्ग गर्दै १३ रन खर्चेर ४ विकेट चट्काए । त्यस्तै केवोन कुपर र मालिङ्गाले पनि एक एक विकेट चट्काए!

अन्तिम ओभरमा १८ रन चाहिएको रोयल्सको एक विकेट मात्र बाकी थियो , त्यही विकेट लिदै टाइगर्सले प्रतियोगिताकै पहिलो जित निकालेको हो।

सन्दिप तथा टिमको उत्कृष्ट प्रदर्शनमा मोन्ट्रीयल टाइगर्सले हासिल गर्यो पहिलो जित !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top