अन्तर्राष्ट्रिय

पहिलो टि-२० अन्तर्राष्ट्रियमा भारतले हासिल गर्यो उत्कृष्ट जित! राहुलको श्तक, कुल्दिपले लिए ५ विकेट!

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

भ्रमणको पहिलो खेलमै भारतले हासिल गर्यो उत्कृष्ट जित!टस जितेर पहिला बलिङ्ग गर्ने निर्णय गरेको भारतका लागि जादुमय स्पिनर कुल्दिप यादभले ५ विकेट चट्काउदा इङ्ग्ल्यान्डको टोलि धराशायी हुन पुगेको थिए।

म्यान्चेस्टरमा भएको खेलमा घरेलु टोलि इङ्ग्ल्यान्ड्ले १५९ रन मात्र जोड्न सक्यो! खतरनाक सुरुवात पाएको इङ्ग्ल्यान्डको टोलिले पहिलो विकेट गुमाए पश्चात् लय गुमाएको हो!

इंग्लिस इनिङ कमजोर बनाउने क्रममा कुलदीपले ४ ओभरमा २४ रन खर्चेर ५ विकेट लिए । एक साताअघिमात्र आयरल्याण्डबिरुद्ध दुई म्याचमा ७ विकेट लिएका यादवको यो करिअरकै उत्कृष्ट प्रदर्शन हो ।

इंग्लिस टोलीका लागि ओपनर जस बटलरले ६९ रन, ज्यासन रोयले ३० र डेभिड विलीले २९ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकको रन छुन सकेनन् । इंग्ल्याण्डका ३ खेलाडीले खाता खोल्नै सकेनन् ।

कुल्दिप बाहेक , उमेशले २ र पन्ड्याले एक विकेट लिएका थिए।

१६० रनको विजय लक्ष्य भारतले १८.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । उसका लागि केएल राहुलले ५४ बलमा १०१ रनको शतकीय पारी खेले ।

करिअरको दोस्रो शतक प्रहार गर्ने क्रममा उनले १० चौका र ५ छक्का प्रहार गरेका थिए । भारतका लागि ओपनर रोहित शर्माले ३२ तथा शिखर धवन ४ रनमा आउट भए । कप्तान विराट कोहलीले पनि अविजित २२ रन बनाए

तीन टी)२०, तीन एशदिवशीय र चार टेष्ट म्याचको श्रृंखलाका लागि भारतीय क्रिकेट टोली अहिले इंग्ल्याण्ड भ्रमणमा छ । दुईबीचको दोस्रो म्याच शुक्रबार हुनेछ ।

पहिलो टि-२० अन्तर्राष्ट्रियमा भारतले हासिल गर्यो उत्कृष्ट जित! राहुलको श्तक, कुल्दिपले लिए ५ विकेट!
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top