अन्तर्राष्ट्रिय

आयरल्यान्डबिरुद्दको दोस्रो तथा अन्तिम टि-२० खेलमा भारत १४३ रनको भारी अन्तरले बिजयी भएको छ।

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

भारतको उत्कृष्ट प्रदर्शन , आयरल्यान्ड ७० रनमा अल आउट

टस जितेर वलिङ्ग गर्ने निर्णय गरेको आयरल्यान्डले २१४ रनको लक्ष्य पाएको थियो। कोहली र के.एल राहुलले भारतिय पारिको सुरुवात गरेका थिए। कोहली सस्तैमा चेजको जालमा पर्न पुगे भने , के.एल राहुलले ७० रनको उत्कृष्ट पारी खेले।

कप्तान कोहली पबिलियन फर्किएपछी कृजमा आएका सुरेस रैनाले पनि ६९ रनको उत्कृष्ट योगदान गरे। राहुलले आफ्नो पारिमा ६ छक्का प्रहार गरेका थिए। पहिलो खेलमा उत्कृष्ट पारी खेलेका रोहित शर्मा भने शून्य रनमै पबिलियन फर्कन पर्यो।

केभिन ओ ब्राइनले एकै ओभरमा राहुल र रोहितलाइ आउट पारे पछि , लयमा फर्किएको आयरल्यान्डले बिशाल लक्ष्य पाउनबाट आफुलाइ टार्न सकेन। सुरेश को सम्हालिएको इन्निङ र हार्दिकको उत्कृष्ट पारिले भारतलाइ विशाल लक्ष्य सम्म पुर्याउन मद्दत गरे। पान्ड्याले ९ बलको सामना गर्दै ३२ रन बनाएका थिए ।



विशाल लक्ष्य पिछा गरेको आयर्ल्यान्ड भने ७० रनमै अल आउट हुन पुग्यो। भारतका लागि कुल्दिप र युज्बेन्द्रले ३-३ विकेट चट्काएका थिए।

यश खेलमा भारत १४३ रनले बिजयी हुन पुग्यो।

आयरल्यान्डबिरुद्दको दोस्रो तथा अन्तिम टि-२० खेलमा भारत १४३ रनको भारी अन्तरले बिजयी भएको छ।
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top