अन्तर्राष्ट्रिय

ऐतिहासिक टेस्टको पहिलो दिन समाप्त ! भारतको दबाब जारी !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

अफ्घानिस्तान र भारत भिड्दै !

बिश्व क्रीकेट चकित हुनेगरी सफलताको खुड्किला चड्दै आएको अफ्गानिस्तानले आज भारत बिरुद्द आफ्नो पहिलो टेस्ट म्याच खेल्दै छ । अस्गर स्टानिजिकाइद्वारा कप्तानित डेब्युटेन्ट टोलि अफ्गानिस्तानले पहिलो दिनको समाप्तिमा टेस्ट क्रीकेटको बादसाह टिम भारतको छ विकेट चट्काएको छ।

टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको भारतका दुबै ओपनरहरुले उत्कृष्ट शतक जड्दै टिमलाइ कडा सुरुवात दिलाएका थिए। ओपनर बिजयले १०५ रन बनाए भने धवनले पहिलो लन्च भन्दा अगाडि (१०९(९६)) शतक बनाउदै ईतिहास कायम गरे।

त्यस्तै राहुलले अर्धशतक बनाउदै उत्कृष्ट पारी खेले। पुजारा , राहाने र कार्तिक सस्तैमा आउट हुदा भारतले पहिलो दिनको अन्त्यमा छ विकेट गुमाएको हो ।

अफ्गानिस्तानका लागि राशिदले एक विकेट , मुजिबले एक , वफदारले एक र अहमदजाइले दुई विकेट लिएका थिए।

हाल , हार्दिक पाण्ड्या र अश्विनले मोर्चा समहालेका छन भने अफ्गानी बलरहरु सातौ विकेटको तलाशमा छन !

ऐतिहासिक टेस्टको पहिलो दिन समाप्त ! भारतको दबाब जारी !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top