नेपाली खबर

सुबास खकुरेल र विनोद भण्डारीले गरे राष्ट्रिय टोलिमा कम्ब्याक !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सुबाश र बिनोदको कम्ब्याक !

२०१४ टि-२० बिश्वकप यता , चोटका कारण रास्टृय टोलिमा स्थान बनाउन नसकेका सुबाश खकुरेलले पि.एम कपमा उत्कृष्ट प्रदर्शन गर्दै रास्टृय टोलिमा कम्ब्याक गरेका छन छन

केही दिन अघि मात्र सकिएको पि.एम कपमा खकुरेल सङ्गै फिनिसरको रुपमा चिनिने विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारी पनि आफ्नो खराब फर्मलाइ पर सारेर उत्कृष्ट प्रदर्शन गर्न सफल भएका थिए। बिनोद भण्डारीले पनि रास्टृय टिममा कम्ब्याक गरेका छन ।

नेपालले लर्डसमा खेल्ने त्रिकोणात्मक श्रृखंलाका लागि सुवास र विनोद भण्डारीले पहिलो चरणका टिममा स्थान बनाएका छन । एमसीसी, नेदरल्याण्डस् र नेपाल सम्मिलित त्रिकोणात्मक श्रृखंलाका लागि छनोट गरिएका १७ खेलाडीको सुचिमा सुवास र विनोदका साथै सुनिल धमलाको नाम पनि परेको छ ।

औलाको चोटका कारण सुरुवातमा टिमबाट बाहिर भएका सुवास कमब्याक गर्ने तयारीमा हुँदा हुँदै करीव नौ महिना अगाडी बाइक दुर्घटनामा परेर नाडीको सल्यक्रिया गरेपछि मैदानबाहिर रहदै आएका थिए ।

तर उनले धनगढीमा भएको डिपिएलबाट घरेलु क्रिकेटमा कमब्याक गरेका थिए । सो बेला पनि चोट पुर्णरुपमा निको नहुदै मैदानमा उत्रिएका सुवासले हालै सम्पन्न एकदिवसिय क्रिकेटमा राम्रो प्रर्दशन गरेका थिए । पुरै प्रतियोगितामा दुई सय आठ रन बनाएका सुवासले एक सतक पनि हिर्काएका थिए । विकेटकिपर ब्याट्सम्यान सुवाससँगै विनोद भण्डारीले राष्ट्रिय टिमको ढोका पुनः खोलेका छन । विश्व खराव फर्मका कारण विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत युएई विरुद्धको खेलबाट टिम बाहिर भएका भण्डारीले त्यसपछि नामिवियामा भएको डिभिजन टु, जिम्बावेमा भएको विश्वकप छनोट लगाएतका प्रतियोगिता गुमाएका थिए ।

तर घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेका कारण उनलाई पुन लर्डसमा हुने त्रिकोणात्मक सिरीजमा १७ खेलाडीमा राखिएको छ । विभागिए टिम त्रिभुवन आर्मीका कप्तान रहेका भण्डारीले इपिएलमा खासै राम्रो खेल्न नसकेपछि धनगढी प्रिमियर लिग र प्रधानमन्त्री एकदिवसिय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।

भरखरै सकिएको पिएम कपमा ६४ रनको उच्च स्कोरसङ्गै २०९ रन बनाएका भन्डारीले फिनिसरको रोल वखुबी निभाउने गरेका छन।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top