अन्तर्राष्ट्रिय

शेन वाट्सनले उत्कृष्ट प्रदर्सन गर्दा , चेन्नाइले भयो चेम्पियन !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

फाइनल : चेन्नाइले उठायो ट्रफी !

टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको चेन्नाइ सुपर किङ्सले १७९ रनको लक्ष्य पाएको थियो। हाइदरबादका लागि कप्तान विलियम्सनले ३६ बलको सामना गर्दै ५ चौका र दुई छक्काको सहायताले ४७ रन जोड्न सफल भएका थिए।

साकिबले १५ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतले २३ रन बनाएका थिए। त्यस्तै चार चौका र दुई छक्का प्रहार गरेका पठानले ४५ रन जोडे , उनी अबिजित रहेका थिए !

त्यस्तै ब्रेथ्वेयटले ११ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएका थिए।

चेन्नाइका लागि , धोनीले प्रयोग गरेका प्रत्येक बलरहरुले एकएक विकेट लिन सफल भए भने शार्दुल ठाकुरले कुनै विकेट लिन सकेनन।

हैदराबादले दिएको १७९ रनको लक्ष्य पक्षाएको चेन्नाईले १८ दशमलब तीन ओभरमा दुई विकेट गुमाएर लक्ष्य पक्षाउँधै उपाधि माथी कब्जा जमाएको हो ।

पहिलो ११ बलमा रनको खाता खोल्न नसकेका वाटसनले अविजित रहँदै ५७ बलमा ११ चौका र आठ चौका प्रहार गर्दै अविजित ११७ रन बनाए र चेन्नाईलाई उपाधि दिलाउन ठुलो योगदान दिए ।

उनी बाहेक सुरेश रैनाले ३२ तथा अम्बाती रायडुले पनि अविजित १९ रनको योगदान दिए ।

रायुडुले चौका प्रहार गर्दै खेलको अन्त्य गरेका थिए।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top