अन्तर्राष्ट्रिय

आइपिएल फाइनल : चेन्नाइ सुपर किङ्सले पायो कठिन लक्ष्य , पठान र ब्रेथ्वेइटको आतिशी पारी !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

फाइनल : चेन्नाइले पायो १७९ रनको लक्ष्य

टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको चेन्नाइ सुपर किङ्सले १७९ रनको लक्ष्य पाएको छ। हाइदरबादका लागि कप्तान विलियम्सनले ३६ बलको सामना गर्दै ५ चौका र दुई छक्काको सहायताले ४७ रन जोड्न सफल भए।

साकिबले १५ बलको सामना गर्दै २ चौका र एक छक्काको मद्दतले २३ रन बनाएका थिए। त्यस्तै चार चौका र दुई छक्का प्रहार गरेका पठानले ४५ रन जोडे , उनी अबिजित रहे।

त्यस्तै ब्रेथ्वेयटले ११ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाएका थिए।

 

चेन्नाइका लागि , धोनीले प्रयोग गरेका प्रत्येक बलरहरुले एकएक विकेट लिन सफल भए भने शार्दुल ठाकुरले कुनै विकेट लिन सकेनन।

फाइनल खेलमा बिजयी हुन चेन्नाइले १७९ रन बनाउनु पर्छ भने हाइदरबाद सो रन बनाउन चेन्नाउलाइ रोक्न पर्ने हुन्छ।

Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top