नेपाली खबर

घर फर्किए सन्दिप लामिछाने , एयर्पोर्टमा यस्तो रहयो उनको प्रतिक्रिया !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

फर्किए सन्दिप !

इन्डियन प्रिमियर लिगमा आफ्नो बलिङको जादु देखाएका सन्दीप लामिछाने मंगलबार स्वदेश फर्किएका छन् ।

सन्दीप दिउँसो ४ बजेर १५ मिनेटमा जेट एयरवेजको विमानबाट त्रिभुवन विमानस्थलमा आइपुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।

सन्दिपको स्वागतमा उच्च पदाधिकारी तथा राष्ट्रिय टोलिका खेलाडी साथै मिडिया र खेल प्रेमी दर्शकहरुको उपस्तिथि रहेको थियो।

विमानस्थलमा नेपालको झण्डा लिएर समर्थकहरु उपस्थित भएका थिए । नेपाली क्रिकेट टाेलीका कप्तान पारस खड्कासमेत विमानस्थलमा उपस्थित भएका थिए ।

विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले अाईपीएलबाट अाफूले धेरै कुरा सिकेकाे बताए । उनले अाउँदा दिनहरुमा अाईपीएलमा नेपालका अन्य खेलाडीले पनि खेल्ने सम्भावना रहेकाे बताए ।

सन्दिपले इमरान ताहिरको प्रसङ्गमा प्रश्न सोध्दा , खेल सकिएपछि कहाँ कमि भयो र के सुधार गर्नु आवस्यक छ भन्ने विषयमा इमरान ताहिर सङ्ग कुरा भएको बताए।

बिग ब्यासको कुरा जोड्दा , सन्दिपले बिग ब्यास खेल्ने हल्ला मात्रै हो र यदि साच्चै खेल्ने नै भयो भने सबैलाइ थाहा हुने जानकारी दिए।

दिल्ली डेयरडेभिल्समा २० लाख भारतीय रुपैयाँमा अनुबन्धित भएका सन्दीपले तीन खेलमा १२ ओभर बलिङ गर्दै ८२ रन दिएर ५ विकेट लिएका थिए ।

उनले चेन्नई सुपर किंग्स, रोयल च्यालेन्जर्स बेंग्लोर र मुम्बई इन्डियन्सका विश्वप्रसिद्ध ब्याट्सम्यानहरुलाई आउट गर्नुका साथै उत्कृष्ट बलिङ गर्दै सबैको मन जित्न सफल भए ।

आईपीएलमा दिल्ली लिग चरणबाटमाथि जान नसके पनि सन्दीपले खेलेका ३ मध्ये २ खेल दिल्लीले जितेको थियो । सन्दीप विश्व ११ बाट वेष्ट इन्डिजविरुद्धको च्यारिटी खेलका लागि इङ्ल्याण्ड प्रस्थान गर्दैछन् । जेठ १७ गते विश्व ११ वेष्ट इन्डिजबीच क्रिकेटको मक्का मानिने लर्डस मैदानमा खेल हुनेछ ।

घर फर्किए सन्दिप लामिछाने , एयर्पोर्टमा यस्तो रहयो उनको प्रतिक्रिया !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top