नेपाली खबर

आइपिएलमा उत्कृष्ट प्रदर्सन गरेका नेपाली युवा स्पिनर सन्दिपलाइ सम्मान नै सम्मान !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिपलाइ सम्मानै सम्मान !

आइपिएल खेल्ने पहिला नेपाली खेलाडी सन्दिप लामिछाने स्वदेश फर्किएसङ्गै सम्मानका कार्यक्रमहरु सबैतिरबाट हुन थालेका छन। हिजो एयर्पोर्टमा सन्दिपको भब्य स्वागत भएको थियो।

बुधबार डीएभी कलेजमा आयोजित कार्यक्रममा १७ वर्षीय नेपाली क्रिकेटर सन्दिपलाई नेपालको युथ आइकनको उपाधिसहित १ लाख रुपैयाँले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा डीएभी कलेजका बिद्यार्थीले भिडियो प्रिजेन्टेसन गरी सन्दिपको खेल जीवन तथा नवलपरासीदेखि राष्ट्रिय टोलीसम्मको यात्रा स्मरण गराएका थिए ।

सम्मान ग्रहण गर्दै सन्दिपले राम्रो मान्छे बनेर मुलुकलाई संसारमाझ चिनाउने प्रयासमा आफू रहेको भन्दै त्यसका लागि संघर्षकै क्रममा रहेको बताए । ‘मुलुकका लागि राम्रो गर्नु र देश चिनाउनु सबैको सपना हुन्छ, त्यसका लागि हामीले संघर्ष गर्नुपर्छ र आफ्नो सपना छाड्नुहुँदैन ।’ सन्दिपले भने ।

१७ वर्षीय सन्दिपलाई इण्डियन प्रिमियर लिग आईपीएल टोली दिल्ली डेयरडेभिल्सले खरिद गरेपछि नेपाली प्रतिभाले विश्वब्यापी चर्चा पाएको थियो । त्यसमा पनि दिल्लीका लागि पछिल्लो तीन खेलमा शानदार प्रदर्शन गरी उनले विश्वस्तरीय खेलाडीबाट प्रशंशा पाएका थिए ।

आईपीएलमा दिल्लीका लागि तीन खेल खेलेका उनले ५ विकेट लिएका थिए । अन्तिम खेलमा मुम्बईबिरुद्ध उनले ३ विकेट लिएका थिए । त्यसअघि चेन्नई सुपर किङ्स र रोयल च्यालेञ्जर्स बैंलोरबिरुद्ध एक एक विकेट लिएका थिए ।

साथै उनी इंग्ल्याण्डको लर्डस मैदानमा हुने वेष्ट इण्डिजबिरद्धको टी–२० च्यारिटी खेलका लागि विश्व–११ को टिममा परेका छन् । आगामी मे ३१ मा हुने खेलका लागि उनी विश्वस्तरीय खेलाडीसँगै प्रतिस्पर्धा गर्नेछन् । त्यसपछि सन्दिप क्यारेवियन प्रिमियर लिगका लागि वेष्ट इण्डिज प्रस्थान गर्नेछन् ।

आजै सन्दिपले सम्मान स्वरुप कार उपहार पाउँदैछन ।

आइपिएलमा उत्कृष्ट प्रदर्सन गरेका नेपाली युवा स्पिनर सन्दिपलाइ सम्मान नै सम्मान !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top