नेपाली खबर

उदाउदा तारा सन्दिप लामिछाने भोलि स्वदेश फर्कदै !!!

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

सन्दिप लामिछाने भोलि स्वदेश फर्कने !

प्रतिष्ठित लिग , इन्डियन प्रिमियर लिग २०१८ मा खेल्ने मौका पाएका पहिला नेपाली क्रीकेट भोलि स्वदेश फर्किदै छन ! सिजन भरीमा तीन खेलमा मौका पाए।

अमीत मिश्रा र ग्लेन मेक्स्वेल जस्ता खेलाडीहरु सङ्ग ड्रेसिङ्ग रुम सेयर गर्ने मौका पाएका सन्दिपलाई दिल्ली डेयरडेभिल्सले भारु २० लाखमा अनुबन्ध गरेको थियो।

आइपिएलको पहिलो चरण सकिदा , दिल्ली डेयर्डेभिल्स अन्क तालिकाको अन्तिममा रहदै बाहिरीएको हो। टिम प्रतियोगिता बाट बाहिरिए पछि सन्दिप भोलि घर फर्कने छन ।

साझ ४:१५ बजे सन्दिप ल्यान्ड हुने बताइएको छ। उनी जेट एयरवेजमा आउनेछन । उनले आफ्नो ३ खेलमा ५ विकेट लिए। प्रतियोगिता भरी उनले १२ ओभरमा ८२ रन खर्छे भने ५ विकेट चट्काए।

 

सन्दिपले पहिलो खेलमा रोयल च्यालेन्जर बेङ्ग्लोर विरुद्द खेलेका थिए। ओपनिङ बलिङ्ग गरेका सन्दिपले पार्थिबलाइ एल बि डब्लु गर्दै आइपिएलको करियरको पहिलो विकेट चट्काए।

दोस्रो खेलमा उनले मिस्टर आइपिएलको नामले चिनिने सुरेश रैनालाइ आउट गर्दै सबैको मन जिते।

आइतबार भएको अन्तिम खेलमा सन्दिपले फेरि ओपनिङ बलिङ्ग गर्ने मौका पाए , पहिलो बलमा चौका र दोस्रो बलमा छक्का खाए पनि चौथो बलमा सुर्यकुमार यादबलाइ पबिलियनको बाटो देखाउदै उनले दिल्लीलाई पहिलो सफलता दिलाएका थिए।

त्यसपछि पोलार्ड अनि क्रुनाल पान्ड्यालाइ आउट पार्दै उनले आफ्नो आइपिएल करियरको पहिलो ३ विकेट लिए। यसरी उत्कृष्ट बलिङ्ग गर्दै बिश्वक्रीकेटमा आफ्नो ध्यानाकर्षण गर्न सफल सन्दिपले हाम्रो नेपालको नामलाई फेरि पबि उच्च तुल्ल्याए।

अहिले उदाउदा तारा सन्दिपलाइ नचिन्ने सायदै कोहि होला । भोलि त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा ल्यान्ड हुने सन्दिपलाइ स्वागत गर्न जाऔ!!

उदाउदा तारा सन्दिप लामिछाने भोलि स्वदेश फर्कदै !!!
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top