नेपाली खबर

चेन्नाइ सुपर किङ्स दिल्ली डेयर्डेभिल्स बिरुद्दको खेलमा ३४ रनले पराजित : सन्दिपको उत्कृष्ट प्रदर्सन !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

दिल्ली डेयर डेभिल्स ३४ रनले बिजयी

१३ औ खेलमा चेन्नाइ बिरुद्द उत्तृएको दिल्ली डेयर्डेभिल्सले चेन्नाइ सामु १६३ रनको लक्ष्य पेस गरेको थियो ।

टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको दिल्ली डेयर्डेभिल्सले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर १६२ रन बनाएको हो।

ओपनरहरुको राम्रो प्रदर्शन नभएतापनी अन्तिम पाच ओभरमा हर्सल पटेल र बिजय शन्खरले आक्रमक पारी खेल्दै दिल्लीलाइ राम्रो टोटल सम्म पुर्याउन सहयोग गरेका हुन।

पन्त र ऐयरको खतर्नाक जोडिलाइ लुङ्गीले एकै ओभरमा तोडे पछि दिल्लीको लय बिग्रेको हो। नराम्रो लयमा रहेका ग्लेन म्याक्स्वेलको प्रदर्शन राम्रो रहन सकेन। उनी जडेजाको बलमा रिभर्स स्विप हान्ने क्रममा बोल्ड हुन पुगेका हुन।

दिल्लीका लागि पृथ्बी सले १७ , स्रेयस ऐयरले १९ , पन्तले २६ बलमा ३८ , बिजय शन्खरले २८ बलमा ३६ रन र साथै हर्सल पटेलले १६ बलमा ३६ रन बनाएका थिए जुनमा ४ छक्का प्रहार गरेका थिए।

अन्तिम ओभरमा देथ ओभर स्पेसियलिस्ट ड्वेन ब्राभोलाइ हर्सलले ४ छक्का प्रहार गरेका थिए।

१६३ रनको लक्ष्य पाएको चेन्नाइ लक्ष्यबाट ३४ रनले चुक्न पुग्यो। ओपनर रायुडुले आक्रमक अर्धशतक प्रहार गरे पनि , लामिछाने र मिस्राको स्पिनमा चेन्नाइको मिडल ब्याटिङ अर्डर जवाफ्बिहिन हुन पुग्यो।

दुई स्पिन्रको ३ विकेट र इकोनोमिकल बलिङ्गले चेन्नाइका ब्याट्सम्यानहरु प्रेसरमा आउन पुगेका हुन। ट्रेन्ट बोल्टको फुल टसमा मिड अनमा धोनि क्याच भएपछी दिल्लीको जित लगभग पक्का भएको थियो।

दिल्लिका लागि सन्दिपले ४ ओभर बलिङ्ग गर्दै २१ रन खर्चेर १ विकेट चट्काए। दिल्ली डेयर्डेभिल्स ३४ रनले बिजयी हुन पुग्यो।

चेन्नाइ सुपर किङ्स दिल्ली डेयर्डेभिल्स बिरुद्दको खेलमा ३४ रनले पराजित : सन्दिपको उत्कृष्ट प्रदर्सन !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top