नेपाली खबर

दिल्ली डेयर्डेभिल्सले पेस गर्यो सम्मानजनक लक्ष्य , सन्दिप सहितको बलिङ्ग टोलिले डिफेन्ड गर्ला त स्कोर ?

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

कसले मार्ला त बाजि ? कति विकेट लिन्छन होला  त सन्दिपले?

१३ औ खेलमा चेन्नाइ बिरुद्द उत्तृएको दिल्ली डेयर्डेभिल्सले चेन्नाइ सामु १६३ रनको लक्ष्य पेस गरेको छ।

टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको दिल्ली डेयर्डेभिल्सले पूरा २० ओभर खेल्दै ५ विकेट गुमाएर १६२ रन बनाएको छ।

ओपनरहरुको राम्रो प्रदर्शन नभएतापनी अन्तिम पाच ओभरमा हर्सल पटेल र बिजय शन्खरले आक्रमक पारी खेल्दै दिल्लीलाइ राम्रो टोटल सम्म पुर्याउन सहयोग गरेका हुन।

पन्त र ऐयरको खतर्नाक जोडिलाइ लुङ्गीले एकै ओभरमा तोडे पछि दिल्लीको लय बिग्रेको हो। नराम्रो लयमा रहेका ग्लेन म्याक्स्वेलको प्रदर्शन राम्रो रहन सकेन। उनी जडेजाको बलमा रिभर्स स्विप हान्ने क्रममा बोल्ड हुन पुगेका हुन।

दिल्लीका लागि पृथ्बी सले १७ , स्रेयस ऐयरले १९ , पन्तले २६ बलमा ३८ , बिजय शन्खरले २८ बलमा ३६ रन र साथै हर्सल पटेलले १६ बलमा ३६ रन बनाएका थिए जुनमा ४ छक्का प्रहार गरेका थिए।

अन्तिम ओभरमा देथ ओभर स्पेसियलिस्ट ड्वेन ब्राभोलाइ हर्सलले ४ छक्का प्रहार गरेका थिए।

सन्दिप लामिछाने रहेको टिम दिल्लीले यो लक्ष्य डिफेन्ड गर्ला त?

दिल्ली डेयर्डेभिल्सले पेस गर्यो सम्मानजनक लक्ष्य , सन्दिप सहितको बलिङ्ग टोलिले डिफेन्ड गर्ला त स्कोर ?
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top