नेपाली खबर

चेन्नाइ सुपर किङ्स बिरुद्द दिल्ली डेयरडेभिल्स : सन्दिपलाइ अर्को मौका !

हाम्रो नेपाल क्रीकेट , काठमाडौं

सन्दिपले पाए अर्को मौका !

प्ले अफको शून्य सम्भावना भएको दिल्ली डेयर्डेभिल्सले आफ्नो १३औ खेलमा चेन्नाइ विरुद्द प्रतिस्पर्धा गर्दैछ। युवा लेग स्पिनर सन्दिप पनि टिममा परेका छन।

चेन्नाइले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको छ।

दिल्ली डेयरडेभिल्सले अाज पनि नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई पनि खेलाएको छ । त्यस्तै म्याक्सवेल पनि दिल्लीको टिममा फर्केका छन् ।

मे १२ मा विराट कोहलीको रोयल च्यालेन्जर बेंग्लोर विरुद्ध डेब्यू बलिङ गरेर चर्चा बटुलेका सन्दिपले आज महेन्द्र सिंह धोनीको चेन्नइ सुपरकिंग्स विरुद्ध पनि आफ्नो बलिङ कला देखाउने अवसर पाएका छन् । आजको खेलमा सन्दीपले धोनीसँगै शेन वाट्सन र सुरेश रैनाजस्ता खेलाडीसामु बलिङ कला देखाउनेछन् ।

१२ खेल खेलेको चेन्नईले ८ मा जित र ४ मा हार व्यहोर्दै १६ अंक बनाएको छ भने समान १२ खेलनै खेलेको दिल्लीले भने ३ मा जित र ९ खेलमा हार व्यहोरेको छ।

६ अंक जोडेको दिल्ली प्रतियोगिताबाट बाहिरिसकेको छ। चेन्नई आजको खेल जित्दै शीर्ष २ मा रहदै अघिल्लो चरणमा प्रवेश गर्ने दाउमा रहनेछ भने दिल्ली यो खेल जित्दै जित संख्या बढाउने सुरमा रहनेछ।

सन्दीपले बेंग्लोरसँगको खेलमा पूरै ४ ओभर बलिङ गर्दै २५ रन खर्चेर १ विकेट झारेका थिए। सो खेलमा विश्वका चर्चित ब्याट्सम्यान बिराट कोहली र एबी डी भिलिसर्य सन्दीपको बलमा खुलेर खेल्न सकेका थिएनन्।

सन्दिपको जादुब

इन्डियन प्रिमियर लिग (आईपीएल) को डेब्यु खेलमै नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले आफूलाई प्रमाणित गरेका छन्।

गत सोमबार दिल्ली डेयर डेभिल्सले प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको अवस्थामा प्लेइङ ११ मा पारेपछि रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध ४ ओभर बलिङ गरेका सन्दीपले आफूलाई सबैभन्दा किफायी बलरका रुपमा प्रमाणित गरेका हुन्।

दिल्लीबाट पहिलो, तेस्रो, छैटौँ र बाह्रौँ ओभरमा बलिङ गरेका उनले केबल २५ रन खर्चेर १ विकेट समेत लिए। आरसीबीका ओपनर पार्थिब पटेलले ८ बलको सामना गर्दै ६ रन बनाएको अवस्थामा सन्दीपले एलबीडब्लु धरापमा पारेका थिए।

कसिलो बलिङ गरेका सन्दीपले स्पिनको प्रभाव देखाउँदै आरसीबीका ब्याटसम्यानहरू विराट कोहली र एबी डिभिलियर्सलार्इ समेत दबाबमा राखे। उनले ११.५ ओभरमा एबी डि भिलियर्सलाई एउटा मात्रै छक्का हान्ने मौका दिए। समग्र बलिङको कुरा गर्दा सन्दीपले १० डट बल प्रहार गरे, उनको इकोनोमी ६.२५ थियो।

त्यसैगरी उनले पेभेलियन फर्काएका पार्थिब पटेलले पनि केबल एक मात्रै चौका प्रहार गर्न सके। पटेलले २.३ ओभरमा चौका हाने लगत्तै २.४ ओभरमा सन्दीपले उनलाई एलबीडब्लु धरापमा पारे। आरसीबी तथा भारतीय कप्तान विराट कोहलीले पनि सन्दीपको बलमा एक मात्रै चौका प्रहार गर्न सके। कोहलीले छैटौँ ओभरमा सन्दीपको पहिलो बलमा चौका हानेपनि त्यसपछि १-१ रन मात्रै बटुल्न सके।

दिल्लीका अन्य बलरमा हर्षल पटेल सबैभन्दा महँगा सावित भए। उनले ४ ओभर बलिङ गर्दै ५१ रन खर्चेर एक विकेट लिए। न्यूजील्यान्डका टेरेन्ट बोल्टले पनि चार ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिए। अर्का बलर जुनियर डालाले ३ ओभर बलिङ गर्दै ३४ रन दिए। १ विकेट लिएका अमित मिश्राले ४ ओभरमा ३३ रन खर्चिए। सन्दीपले गतिलो प्रदर्शन गरेको खेलमा दिल्ली भने पराजित भएको छ। दिल्ली डेयर डेभिल्स रोयल च्यालेन्जर्स बैंगलोरसँग ५ विकेटले पराजित भएको हो।

बैंगलोरलाई जिताउने क्रममा नटआउट रहेका एबी डिभिलियर्सले ३७ बलमा ७२ रनको योगदान दिए। त्यसैगरी विराट कोहलीले ४० बलमा ७० रनको गतिलो पारी खेले। उनीहरूले तेस्रो विकेटका लागि सतकीय साझेदारी गरे। अन्य ब्याटसम्यानको प्रदर्शन विर्सन लायक रह्यो। दिल्लीका लागि सबैभन्दा किफायती बलिङ सन्दीपले गरे। उनले ४ ओभर बलिङ गर्दै केबल २५ रन मात्रै खर्चिएर बैंगलोरको एक विकेट लिए। सन्दीपले पार्थिप पटेललाई ८ बलमा ६ रन बनाएको अवस्थामा पेभेलियन फर्काए।

त्यसैगरी बोल्टले ४ ओभर नै बलिङ गर्दै ४० रन खर्चेर २ विकेट लिन सफल भए। यसअघि फिरोज शाह कोटला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पुरै २० ओभर खेल्दै ४ विकेटको क्षतिमा १८१ रन बनाएाको थियो। दिल्लीका लागि रिसभ पन्तले ३४ बलमा सर्वाधिक ६१ रनको योगदान दिए। त्यसैगरी नटआउट रहेका अभिषेक शर्माले १९ बलमा ४० रन बनाए। बैंगलोरका लागि युजभेन्द्र चाहलले सर्वाधिक २ विकेट लिएका थिए। दिल्लीले टस हारेर पहिले ब्याटिङ गर्दै दिएको १८२ रनको चुनौती पछ्याएको बैंगलोरले ६ बल बाँकी रहँदै जित दर्ता गराएको हो।

दिल्ली डेयरडेविल्स: श्रेयस अय्यर (कप्तान), जेसन रॉय, गौतम गंभीर, ऋषभ पंत (विकेटकीपर), ग्लेन मैक्सवेल, विजय शंकर, डेनियल क्रिस्टियन, राहुल तेवातिया, शहबाज नदीम, मोहम्मद शमी, ट्रेंट बोल्ट, कोलिन मुनरो, अमित मिश्रा, पृथ्वी शॉ, हर्ष पटेल, आवेश खान, जयंत यादव, गुरकीरत सिंह मान, मंजोत कालरा, अभिषेक शर्मा, संदीप लामिचाने, नमन ओझा, सायन घोष र लियाम प्लकंट.

चेन्नई सुपर किंग्स: महेंद्र सिंह धोनी (कप्तान/विकेटकीपर), रवींद्र जडेजा, सुरेश रैना, ड्वायन ब्रावो, शेन वाटसन, अंबाती रायुडू, मुरली विजय, हरभजन सिंह, फाफ डु प्लेसिस, मार्क वुड, सैम बिलिंग्स, दीपक चहर, लुंगी नगिदी, के.एम. आसिफ, कनिष्क सेठ, मोनू सिंह, ध्रुव शोरे, क्षितिज शर्मा, चैतन्य बिश्नोई, कर्ण शर्मा, इमरान ताहिर, शार्दूल ठाकुर, एन. जगादेसन.

चेन्नाइ सुपर किङ्स बिरुद्द दिल्ली डेयरडेभिल्स : सन्दिपलाइ अर्को मौका !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top