नेपाली खबर

सन्दिपले गरे डेब्यु : करोडौ नेपाली हर्सित : दिल्ली बिरुद्द बेङ्गलोर

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

नेपाली युवा स्पिनर सन्दिप लामिछानेले आज आइपीएलमा डेब्यु गर्दै छन। ११ खेल सकिदासम्म पहिलो एघारमा स्थान नपाएको सन्दिपली आज आरसीबीबिरुध अवसर पाएका छन।

आइपीएलबाट लगभग बाहिरिसकेको दिल्ली डेरडेभिल्समा अनुबन्धित सन्दिप लामिछानेले अहिलेसम्म कुनै खेलमा पनि अवसर पाएको थिएन ।

दिल्लीले अफुले खेलेको ११ खेलमा मात्र ३ मा जित हात पार्न सफल भएको छ। बाँकी ८ वटै खेल दिल्लीले गुमाएको थियो। ११ खेलबाट ६ अंकमात्र जोड्न सफल भएको दिल्ली अंक तालिकाको पुछारमा छ।

आज दिल्लीले आफ्नो १२ औ खेल आरसीबीसँग खेल्दै छ। प्रतियोगिताबाट लगभग बाहिरीसकेको दिल्लीले अब नयाँ र युवा खेलाडिलाई अवसर दिने भएको छ।

दिल्लीको बलिङ प्रशिक्षकले अब नयाँ खेलाडीलाई अवसर दिने मौका रहेको बताए। उनले सन्दिपको नाम तोकेर उनलाई अब खेलौन पर्छ भनेका छन।

क्यारेबियन प्रिमियर लिगमा उनी वेस्ट इन्डिजका क्रिस गेयल, जिम्बावेका ग्रिम क्रिमरसँग खेल्दै छन्। सेन्ट किट्स एन्ड नेविस पेट्रिट्यसले सन्दीपलाई ५ हजार डलरमा अक्सनबाट लिएको थियो।
सन्दीपले वर्ष २०७४ मा कुल ८४ अन्तर्राष्ट्रिय विकेट लिए। २४ विकेट उनले यू-१९ विश्वकप छनोट एसिया क्षेत्रमा लिएका थिए। उनले एकै प्रतियोगितामा नेपालबाट सर्वाधिक विकेट लिने कीर्तिमान बनाए पनि आफ्नो राष्ट्रलाई विश्वकपमा पुर्याउन सकेनन्।
नामिबियामा नेपाललाई विश्व क्रिकेट लिग डिभिजन २ को उपविजेता बनाउनेक्रममा सन्दीप १७ विकेटका साथ म्यान अफ द सिरिजमा चुनिएका थिए।

 

सन्दिपले गरे डेब्यु : करोडौ नेपाली हर्सित : दिल्ली बिरुद्द बेङ्गलोर
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top