अन्तर्राष्ट्रिय

उत्कृष्ट जित निकाल्दै मुम्बइ उक्लियो चौथौ स्थानमा ! कोलकत्ता १०२ रनले पराजित

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

मुम्बइ उक्लियो चौथौ स्थानमा

 

गए राती भएको खेलमा मुम्बई इन्डियन्सले कल्कत्ता नाइट राइडर्स माथी १०२ रनको बिजयी हासिल गरेको छ। पहिले ब्याटिङ गरेको मुम्बईको तर्फबाट इसान किसान र बेन कटिङले आक्रमक पारी खेलेका थिए।

२११ रनको विशाल लक्ष्य पछ्याएको कलकत्ताले १८.१ ओभरमा सबै विकेट गुमाउन पुग्यो । १०८ रनमा अल आउट भएको कलकत्ता अन्क तालिकाको पाचौ स्थानमा झरेको छ , भने उत्कृष्ट प्रदर्शन गरेको मुम्बई चौथौ स्थानमा उक्लिएको छ।

आक्रमक बलिङ्ग गरेको मुम्बइ इन्डियन्सका लागि पान्ड्या ब्रदर्सले दुई दुई विकेट चट्काए भने बुम्राह , मेक्लेगेन , मार्कान्डे , कटिङ्गले समान एक एक विकेट चट्काए। उत्कृष्ट फिल्डिङ प्रदर्शन गर्दा कल्कत्ताका दुई ब्याट्सम्यान रन आउट हुन पुगे।

कोलकत्ताको तर्फबाट क्रिस लिन र नितिश राणाले सर्वाधिक २१–२१ रन बनाए भने टम कुर्रानले १८ तथा रबिन उथप्पाले पनि १४ रनको योगदान दिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले ईशान किसानको आक्रमक अर्धशतकको मद्धतमा २० ओभरमा छ विकेट गुमाएर २१० रनको विशाल योगफल तयार पाऱ्यो ।

मुम्बईको तर्फबाट सर्वाधिक रन बनाएका विकेट किपर ब्याट्सम्यान ईशान किसानले २१ बलमा पाँच चौका र छ छक्काको सहयोगमा ६२ रनको आक्रमक पारी खेले । किसानले मात्र १७ बलमा आफ्नो अर्धशतक पुगरा गरे ।

त्यस्तै ओपनर सुर्यकुमार यादव र कप्तान रोहित शर्माले समान ३६ रन बनाए भने बेन कटिङ्गले नौ बलमा २४ रन तथा हर्दिक पाण्डेयाले पनि १९ रनको योगदान दिए ।

कोलकत्ताका पियुष चावलाले चार ओभरमा ४८ रन खर्चिदैं सर्वाधिक तीन विकेट लिए भने प्रशिद कृष्णा, सुनिल नारायण र टम कुर्रानले पनि आफ्नो नाममा एक एक विकेट लेखाउन सफल भए ।

उत्कृष्ट जित निकाल्दै मुम्बइ उक्लियो चौथौ स्थानमा ! कोलकत्ता १०२ रनले पराजित
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top