अन्तर्राष्ट्रिय

उत्कृस्ट बलिङ्ग गर्दै , राजस्थान रोयल्सले हासिल गर्यो महत्त्वपूर्ण जित ! पन्जाब १५ रनले पराजित

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

आइपिएल अन्तर्गत हिजो भएको खेलमा राजस्थान रोयल्सले पन्जाब माथी १५ रनको जित हासिल गरेको छ।

सुरुमा ब्याटिङ गर्ने निर्णय गरेको राजस्थान रोयल्सले पूरा २० ओभर ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा १५८ रन जोडेको थियो।

राजस्थानका लागि जोस बटलरले ८२ रन बनाए भने सन्जु सामसनले २२ तथा बेन स्टोकले १४ र स्टुवार्ट विनीले ११ रनको योगदान गरे ।


३७ रन हुँदा पहिलो विकेट गुमाएको राजस्थानले एक सय १७ रन हुदा तीन विकेट खेर फालेको थियो । त्यसपघि अरु ४१ रन जोड्दा ५ विकेट झार्यो । बलिङ तर्फ एन्र्डु तेइले ४ विकेट लिए ।

जवाफमा पञ्जावले २० ओभरमा सात विकेट गुमाउँदा एक सय ४३ रनमा रोकियो । उसका दुई खेलाडीले मात्र दोहोरो अंक छुन सके ।

निकै खराव सुरुवात गरेको पञ्जावले १४ रनमा पहिलो विकेट गुमायो । त्यसपछि एक पछि अर्को विकेट गुमाएको पञ्जावले ६६ रन बनाउँदा ५ विकेट खेर फाल्यो ।

उसका लागि ओपनर लोकेश राहुलले ९५ रन बनाउदा अरु खेलाडी एकोहोरो रुपमा आउट भए ।

उत्कृस्ट बलिङ्ग गर्दै , राजस्थान रोयल्सले हासिल गर्यो महत्त्वपूर्ण जित ! पन्जाब १५ रनले पराजित
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top