अन्तर्राष्ट्रिय

मुजीब, राहुल ले पन्जाब लाई दिलाए जित

हाम्रो नेपाल क्रीकेट, काठमाडौ

आइतबार, मे ६ मा इन्दोर को होलकर अन्तर्राष्ट्रिय स्टेडियम मा भएको आइपियल खेलमा किङ्स इलेवन पन्जाब ले राजस्थान रोयल्स माथि ६ विकेट को जित हात पारेको छ। राजस्थान ले दिएको १५३ रनको लक्ष्य पन्जाब ले १९ औ ओभरमा भेट्टाउन सफल भएको हो।

राजस्थान रोयल्स इनिङ:

राजस्थान को सुरुवात सोचेजस्तो राम्रो हुन सकेन। डार्सी शर्ट पहिलो ओभरमै आउट भएका थिए। २ रन को निजि स्कोरमा उनि अश्विन को शिकार बने।

अर्का ओपनर जश बट्लर भने उत्कृष्ट लयमा देखिए। राजस्थान टिमको रन गति उनकै कारण ले उच्च रहेको थियो। अर्धशतक प्रहार गर्दै उनले आफुलाइ ओपनिङ गराउने कप्तान को निर्णय सहि साबित गरे।

तर अन्य ब्याट्सम्यान भने फितला साबित भए। कप्तान राहाणे ५, बेन स्टोक्स १२ र राहुल त्रिपाठी ले ११ रन मात्र जोड्न सके। सन्जु सेम्सन पनि राम्रो ब्याटिङ गरिरहेका थिए तर उनी पनि २८ रनमा पवेलियन फर्के। अन्त्य मा श्रेयस गोपाल ले १६ बलमा २४ रन बनाइ टिमको स्कोर १५२/९ पुर्याए। पन्जाब का लागि मुजीब – उर – रहमान ले सर्वाधिक ३ विकेट लिए।

किङ्स इलेवन पन्जाब इनिङ:

पन्जाब को ओपनिङ सधै जसो बलियो हुन सकेन। क्रीश गेल मात्र ८ रन जोड्दै जोफ्रा आर्चर को सिकार बने भने त्यस लगत्तै मयन्क अग्रवाल पनि पवेलियन फर्के।

तर अर्का ओप्नर के एल राहुल भने डटेर ब्याटिङ गर्दै थिए। तेस्रो विकेट को लागि करुन नायर सङ ५० रनको र पाचौ विकेट का लागि मार्कस स्टोइनिस सङ मिलेर ६८ रन जोडेका राहुल ले अर्धशतक पूरा गरे।

उनको एउटा क्याच अपिल विवादास्पद रह्यो। सन्जु सेम्सन ले लिएको क्याच लाई टिवी अमपायर ले क्लिन मानेनन र राहुल लाई नट आउट दिए। सो निर्णय राज्स्थान अनुकुल साबित भएन। राजस्थान टिमका कप्तान रहाणे ले खेल पछि को अन्तरवार्ता मा सो निर्णय को आलोचना गरेका थिए।

५४ बलमा ८४ रन बनाइ राहुल अविजित रहि टिमलाई जित दिलाए। ३ विकेट लिएका मुजीब उर रहमान म्यान अफ द म्याच बने। सोमबार हैदराबाद र ब्याङ्लोर भिड्दै छन।

मुजीब, राहुल ले पन्जाब लाई दिलाए जित
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top