अन्तर्राष्ट्रिय

ओपनर र हार्दिक ले मुम्बई लाइ दिलाए जित

हाम्रो नेपाल क्रीकेट, काठमाडौ

आइतबार, मे ६ मा मुम्बई को वानखेडे स्टेडियम मा भएको आइपियल खेलमा मुम्बई इन्डियन्स ले कोलकाता नाइट राइडर्स लाई १३ रनले पराजित गरेको छ। १८२ रनको लक्ष्य पिछा गर्ने क्रममा नाइट राइडर्स टोलि ले १६८ रन मात्र जोड्न सक्यो।

मुम्बई इन्डियन्स इनिङ:

मुम्बई को सुरुवात उत्कृष्ट रह्यो ओपनर इविन लुइस र सुर्यकुमार यादव दुबै धुवादार फर्म मा देखिए।

आफ्नो पहिलो विकेट गुमाउदा मुम्बई को स्कोर ९१ रन थियो। एविन लुइस ४३ रन बनाइ आन्द्रे रसेल को सिकार भएका थिए। अर्का ओपनर सुर्यकुमार यादव ले भने केहिबेर मा आफ्नो अर्धशतक पूरा गरे।

कप्तान रोहित शर्मा मात्र ११ रन बनाइ आउट भएपनि हार्दिक पन्ड्या ले आफ्नो फिनिसिङ स्किल को प्रदर्सन गरि टिमको स्कोर १८१/४ पुर्याए। उनले २० बलमा अविजित ३५ रन बनाए। नाइट राइडर्स का लागि सुनिल नारायण र आन्द्रे रसेल ले २-२ विकेट लिए।

कोलकाता नाइट राइडर्स इनिङ:

नाइट राइडर्स का कप्तान दिनेश कार्तिक ले क्रीश लिन सङ सुनिल नारायण लाई नपठाइ पछिल्लो म्याच का नायक सुभमान गिल लाई पठाएका थिए। सो निर्णय सहि साबित हुन सकेन। टिमको स्कोर २८ रन पुग्दा नै दुबै ओपनर पवेलियन फर्किसकेका थिए।

त्यसपछि नितिश राना र रोबिन उथप्पा को साझेदारी ले कोलकाता लाई मजबुत स्थिति मा ल्याएको थियो। ८४ रनको साझेदारी बनाएका उथप्पा ५४ र राना ३१ रन बनाइ आउट भए।

त्यसपछि भने मुम्बई को कसिलो बलिङ अघि नाइट राइडर्स का ब्याट्सम्यान पस्त हुँदै गए। जरुरी रन रेट बमोजिम कसैले रन बनाउन सकेनन। आन्द्रे रसेल पनि फिक्का साबित भए।

अन्तिम ओभर क्रुनाल पन्ड्या लाई दिनु रोहित को लागि उत्कृष्ट निर्णय साबित भयो। उनले सुनिल नारायण को विकेट लिए र दिनेश कार्तिक लाइ बाधेर राखे। कार्तिक ३६ रनमा अविजित रहेर पनि टिमलाइ जिताउन सकेनन।

मुम्बई का लागि हार्दिक पन्ड्या ले २ विकेट लिए। ब्याट बाट पनि राम्रो प्रदर्शन गरेका उनि म्याम अफ द म्याच का दावेदार हुन। अहिले लाई म्यान अफ द म्याच घोषणा गरिसकिएको छैन। अर्को म्याच मा पन्जाब र राजस्थान भिडदै छन।

ओपनर र हार्दिक ले मुम्बई लाइ दिलाए जित
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top