अन्तर्राष्ट्रिय

आइपिएल : दिल्लीको अर्को हार , हाइदरबाद सात विकेटले बिजयी !

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

इन्डियन प्रिमियर लिग २०१८मा दिल्ली डेयरडेभिल्सको प्ले अफमा पुग्ने सम्भावना समाप्त भएको छ। हिजो भएको खेलमा हादर्बाद बिरुद्द दिल्ली डेयर्डेभिल्सले ७ विकेटको हार भोगेको हो।

एलेक्स हेल्सले ३१ बलमा समान ३-३ चौका र छक्कासहित ४५ रन जोडे । धवन ३० बलमा २ चौका र १ छक्कासहित ३३ रन बनाउँदै पेभेलियन फर्किए । दुई अोपनर मिलेर पहिलो विकेटका लागि ७६ रनको साझेदारी गरेका थिए ।

विलिमसनले नट आउट ३२ रन जोडे , जसले हाइदरबादका लागि जित सजिलो बनायो। अन्तिममा युसुफ पठानले उत्कृष्ट बिस्फोटक पारी खेले।

तेस्रो विकेटका लागि यी दुईले  ४६ रनको साझेदारी गरेका थिए । युसुफ पठानले १२ बलमा २-२ चौका र छक्कासहित नटअाउट २७ रन जोडेपछि हैदराबादको जित पक्का भएको थियो । दिल्लीका लागि अमित मिश्राले २ विकेट लिए ।

पहिलो ब्याटिङ गरेको दिल्लीले निर्धारित २० अोभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन जोडेको थियो । फर्ममा रहेका युवा अोपनर पृथ्वी सअले अाक्रमक अर्धशतक बनाउने क्रममा ६५ रन जोडे ।

उनले ३६ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए । कप्तान श्रेयस एेयरले ३६ बलमा ४२ रनको योगदान दिए ।

अन्त्यतिर विजय शंकरले १३ बलमा २३ रन जोडिजो स्कोर अगाडि बढेको थियो । ऋषभ पन्तले १४ रन जोडे भने गेलेन म्याक्सवेल २ ततानमन अोझा १ रनमा पेभेलियन फर्किए । हैदरावादका राशीद खानले २ तथा सिद्धार्थ कलले १ विकेट हात पारे ।

लिगको १० खेलमा ३ जित दर्ता गरेको दिल्ली प्लेअफमा पुग्न अन्य खेलको नतिजा पनि कुर्नुपर्ने भएको छ ‌। सनराइजर्स भने प्लेअफ नजिक पुगेको छ ।

आइपिएल : दिल्लीको अर्को हार , हाइदरबाद सात विकेटले बिजयी !
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top