अन्तर्राष्ट्रिय

सानो लक्ष्य पछ्याएको चेन्नाइ छ विकेटले बिजयी : धोनीको बोस्फोटक पारी

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

टस हारेर ब्याटिङको निम्तो पाएको रोयल च्यालेन्जर ब्याङ्ग्लोरले पूरा २० ओभर ब्याटिङ गर्दै १२७ रन बनाएको थियो।

बेङ्ग्लोरका लागि पार्थिब पटेलले अर्धशतकिय पारी खेले। पटेलले ४१ बलको सामना गर्दै पाच चौका र दुई छक्काको मद्दतले ५३ रनको पारी खेलेका थिए।

बेङ्ग्लोरका धुरन्धर ब्याट्स्म्यान , मेकलम , भिल्लर्स र बिराट कोहली सस्तैमा पबिलियन फर्किएपछी , बेङ्ग्लोरको अवस्था बिगृएको हो।

अन्तिममा टिम साउदीले २६ बलको सामना गर्दै ३ चौका र एक छक्काको मद्दतले ३६ रन जोडे पछि , बेङ्ग्लोरको स्कोर १२७ पुग्न सकेको हो।

चेन्नाइका बलरहरुको उत्कृष्ट प्रदर्शन रहयो। जडेजाले ४ ओभर बलिङ्ग गर्दै १३ रन खर्चेर ३ विकेट चट्काएका थिए।

Chennai Super Kings on top

१२८ रनको बिजयी लक्ष्य पछ्याएको चेनाइ सुपर किङ्सले १८ औ ओभरमा खेल जितेको हो। सेन वाट्सनलाइ बोल्ड र सुरेश रैनाको उत्कृष्ट क्याच लिदै खेलमा फर्किएको बेङ्लोरका बलरहरुले अन्तिममा लय बिगारेका हुन।

ड्वेन ब्राबोको दुई लगातार क्याच मिस गरेपछी ; बेङ्ग्लोरको मौका लग्भग समाप्त भएको थियो। ९ बलमा तीन रन बनाएका महेन्द्र सिङ धोनिले युज्बेन्द्र चहालको ओभरमा तीन लगातार छक्का प्रहार गर्दै खेल समाप्त गरेका हुन।

जित सङ्गै चेन्नाइ सुपर किङ्स अन्क तलिकाको शिर्ष स्थानमा छ भने , बेङ्ग्लोरले अबका सबै खेल जिते मात्रै प्ले अफमा मौका हुन सक्छ।

सानो लक्ष्य पछ्याएको चेन्नाइ छ विकेटले बिजयी : धोनीको बोस्फोटक पारी
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top