अन्तर्राष्ट्रिय

चेन्नइ लाई हराउदै कोलकाता पुग्यो तेस्रो स्थान मा

हाम्रो नेपाल क्रीकेट, काठमाडौ

बिहीबार, मे ४ तारीख मा कोलकाता को इडेन गार्डेन्स मा भएको आइपियल खेल मा कोलकाता नाइट राइडर्स ले चेन्नइ सुपर किङ्स लाई ६ विकेट ले पराजित गरेको छ। चेन्नइ ले दिएको १७८ रनको लक्ष्य कोलकाता ले १४ बल अगावै पूरा गर्दै ठुलो जित निकालेको हो।

चेन्नइ सुपर किङ्स इनिङ:

चेन्नइ को सुरुवात ठिकठाक नै रह्यो। शेन वाट्सन र फाफ डु प्लेस्सी को ओपनिङ जोडि ले पहिलो विकेट को लागि ४८ रन जोडे। डु प्लेस्सी ३६ रन बनाएर चावला को सिकार बने।

शेन वाट्सन पनि सुरेश रैना सङ ४३ रन को साझेदारी पछी नारायण को शिकार बने। उनले ३६ रन बनाए। सुरेश रैना (३१) र अम्बाती रायडु (२१) ले राम्रो सुरुवात गरे पनि इनिङ अन्त्य सम्म खेल्न सकेनन्।

तर फर्म मा रहेका अनुभवी कप्तान महेन्द्र सिंह धोनी ले २५ बलमा अविजित ४३ रन बनाउदै आफ्नो टिमलाइ फेरि सम्मानजनक स्कोर सम्म पुर्याए। चेन्नइ ले ५ विकेट को क्षति मा १७७ रन बनायो। कोलकाता को तर्फबाट पीयूष चावला र सुनिल नारायण ले २-२ विकेट लिए।

कोलकाता नाइट राइडर्स इनिङ:

पहिलो ओभरमै २ छक्का प्रहार गरि उत्कृष्ट संकेत देखाएका क्रीश लिन सोही ओभर मा आउट भए। त्यसपछि ब्याटिङ आएका रोबिन उथप्पा पनि खासै केही गर्न नसकी आउट भए।

यो बिच सुनिल नारायण ले उत्कृष्ट ब्याटिङ गर्दै ४ चौका र २ छक्का प्रहार गरेका थिए। २० बलमा ३२ रन बनाएका सुनिल ले जडेजा को बल ब्रावो को हातमा क्याच थमाइ आउट हुन पुगे।

नितिश राना को सट्टा खेलिरहेका रिन्कु सिंह पनि १६ रन मै पवेलियन फर्के। उनी हरभजन सिंह को शिकार बने।

त्यसपछि भने युवा शुभमान गिल र दिनेश कार्तिक बिच उत्कृष्ट साझेदारी भयो। खासगरी दिनेश कार्तिक ले अन्तिम ओभर हरुमा चौका को वर्षा गर्दै लक्ष्य मा जति सक्दो चाडो पुग्न चाहेको संकेत देखाए।

शुभमान गिल ले ३६ बलमा ५७ र दिनेश कार्तिक ले १८ बलमा ४५ रन बनाए। दुबै अविजित रहदै ३६ बलमा ८३ को म्याच जिताउ साझेदारी गरे।

म्यान अफ द म्याच २० रन खर्चेर २ विकेट तथा ब्याटिङ बाट ३२ रन बनाएका सुनिल नारायण बने। शुक्रबार इन्दोर मा पन्जाब र मुम्बई भिड्दै छन।

चेन्नइ लाई हराउदै कोलकाता पुग्यो तेस्रो स्थान मा
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top