Domestic News

१५ दिने अन्डर नाइन्टिन बन्द प्रशिक्षण सम्पन्न

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

अन्डर नाइन्टिनको बन्द प्रशिक्षण सम्पन्न

नेक्सस क्रीकेट एकेडेमी पेप्सीकोला काठमाडौं को आयोजना मा संचालन गरिएको १५ दिने विशेष क्रीकेट प्रशिक्षण आज सम्पन्न भएको छ।

क्यान का पुर्व अध्यक्ष तथा एसिसि का पुर्व उपाध्यक्ष विनय राज पाण्डेको प्रमुख आतिथ्यता मा सम्पन्न उक्त कार्यक्रम प्याबसन नेपाल का सचिव आर.बि. कटुवाल,

नेपाली राष्ट्रिय टोलिका ओपनर अनिल साह, बिराट कोहली को एकेडेमी वेस्ट दिल्ली का प्रशिक्षक सत्यपाल यादभ लगायतको उपस्थिति रहेको थियो।

नेपाली राष्ट्रिय टिमका पुर्व चिफ सेलेक्टर एवं नेक्सस क्रीकेट एकेडेमी का प्रवन्ध निर्देशक विजय राज शर्मा को अध्यक्षता मा सम्पन्न समारोह लाई सम्बोधन गर्दै पाण्डेले भारतका प्रख्यात प्रशिक्षक ल्याई

नेपाल मा १५ दिन लामो क्याम्प गर्नु राम्रो कुरा भएको बताउदै यस्ता प्रशिक्षकले भविष्यमा नेपाली क्रीकेटको लागि असल खेलाडी जन्माउन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नु भयो।

नेपालको क्रीकेटमा उमेर समुहको खेलाडीहरुका लागि यस्ता खालका प्रशिक्षण नहुदा नेपाली क्रीकेटले पाएको सफलता जोगाइ राख्न सकिन्छ कि सकिदैन भन्ने चिन्ता भैरहेको बेला निजी स्तरबाट यस्तो प्रयास को प्रशंशा गर्नुभयो।

नेपाल मा दक्ष प्रशिक्षक को कमी का कारण क्रीकेट को बेस कमजोर भएको र स्कुल, कलेज लेवल क्रीकेट लाई कसैले ध्यान नदिएको बेला यु-१९ का लागि संचालन गरिएको यो प्रशिक्षण उदाहरणिय भएको बताउदै प्याबसनका केन्द्रिय सचिब आर.बि. कटुवाल ले भविस्यमा पनि यस्ता कार्यक्रम गर्ने सुझाव दिनुभयो। प्याबसन सदै ग्राउन्ड लेवल क्रीकेट को स्तरोन्नतिको लागि तयार रहेको बताउदै कटुवालले क्रीकेट को आधिकारिक संस्था ले पहल गरे सहकार्य गर्न इच्छुक रहेको बताउनु भयो।

नेपाल क्रीकेट को लागि आफुले सक्दो सहयोग गर्न चाहेको बताउदै आइसिसी लेवल २ बाट सर्टिफाइड समेत भैसकेका भारतिय प्रशिक्षक सत्यपाल यादब ले नेपाली क्रीकेट लाई केही योगदान दिने चाहना भएको र नेपाली क्रीकेट सङ सम्बन्धित संस्था हरुले सहकार्य गर्न चाहेमा आफू तयार रहेको बताउनुभयो। नेपाली खेलाडीहरु निकै मिहिनेती भएको बताउदै यादव ले नेपाली क्रीकेट को भविष्य उज्ज्वल रहेको समेत प्रस्ट्याउनु भयो।

नेपाली क्रीकेट टोलिका ओपनर ब्याट्सम्यान अनिल कुमार साह ले आफुले पनि केही दिन सत्यपाल यादव सङ नेक्सस क्रीकेट एकेडेमी मा प्रशिक्षण लिएको बताउदै वास्तव मै प्रशिक्षण उत्कृष्ट रहेको ले खेलाडी हरुको खेल्ने क्षमतामा निखार आउने विश्वास व्यक्त गर्नुभयो।

क्याम्प मा देशभर का ५८ जना सहभागी रहेको बताउदै नेक्सस क्रीकेट एकेडेमी का प्रबन्ध निर्देशक विजय शर्मा ले क्याम्प अवधीमा ट्रेनिङ तथा म्याच को भिडियो बनाइ एनालाइसिस गरेर हरेक खेलाडीको रिपोर्ट तयार पारेको, प्रख्यात मोटिवेटर रविन कटुवाल द्वारा मोटिविशन क्लास गरेको लगायत का गतिविधि माथि प्रकाश पार्नुभयो।

क्याम्प मा सहभागी मध्य बाट २८ जना खेलाडी को शर्ट लिस्ट बनाएको र त्यस बाट १५ जना लाई श्रीलंका खेल्न पठाउने जानकारी दिनुभयो।

१५ दिने अन्डर नाइन्टिन बन्द प्रशिक्षण सम्पन्न
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top