नेपाली खबर

स्मिथ , वार्नर र बेन्क्रफ्ट बिरुद्द अस्ट्रेलियाको कडा निर्णय

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

वार्नर , बेन्क्रफ्ट र स्मिथलाइ लाग्यो प्रतिबन्ध

बल टेम्पिरिङ  प्रकरणले पछिल्लो समय अन्तराष्टिय क्रिकेटमा पुरै हलचल मच्चाएको छ ।

अष्ट्रेलियाका कप्तान स्टिभ स्मिथ र उपकप्तान डेभिड वार्नरमाथि अष्ट्रेलियन क्रिकेटले एक वर्ष खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ गरेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो।

अष्ट्रेलियन क्रिकेटद्वय स्टिभ स्मिथ र  डेभिड वार्नरमाथि अस्ट्रेलियन क्रिकेटले एक वर्ष खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

Smith and Warner Banned

दक्षिण अफ्रिकाविरुद्धको खेलमा बल टेम्परिङ गरेको आरोपमा उनीहरुमाथि प्रतिबन्ध लगाउने निर्णय भएको हो।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेष्टमा अष्ट्रेलियाका खेलाडी क्यामरन बेनक्रफ्टले बल टेम्परीङ गरेका थिए।

बलिङमा ‘स्वीङ’ ल्याएर ब्याट्सम्यानलाई आउट गर्ने उद्देश्यका साथ पूर्वनियोजित रुपमा टेम्परिङ भएको खुलेपछि उनीहरुमाथि कारबाही गरिएको हो।

यसअघि आइपिएल टिम राजस्थान रोयल्सले स्मिथलाई कप्तानबाट हटाएको थियो। प्रतिबन्धमा परेपछि अब स्मिथले आइपिएल गुमाउने भएका छन्। यता हैदरावादबाट वार्नरले पनि आइपिएल खेल्न पाउने छैनन्।

दक्षिण अफ्रिका विरुद्धको टेस्टका दौरान अस्ट्रेलियाका ओपनिङ ब्याट्सम्यान क्यामरन बानक्रफ्टले बल कोट्याएर स्वरुप परिवर्तन गर्न खोजेको सार्वजनिक भएपछि स्मिथ र वार्नर कारबाहिमा परेका हुन्।

ओपनिङ ब्याट्सम्यान बानक्रफ्टले न्युल्यान्ड टेस्टका दौरान बल कोट्याएर स्वरुप बिगारेको टेलिभिजन स्क्रिनमार्फत प्रत्यक्ष रुपमा सार्वजनिक भएको थियो।

खेलपछि स्मिथ र बानक्रफ्टले घटनाबारे प्रतिक्रिया दिँदै माफी मागेका थिए।

घटना दक्षिण अफ्रिका विरुद्धको टेस्टको तेस्रो दिन शनिबार भएको थियो। लगत्तै क्रिकेट अस्ट्रेलियाले स्मिथ र डेभिड वार्नर अस्ट्रेलियाको कप्तान र उपकप्तानबाट हटाइएको थियो।

बल कोट्याएर स्वरुप बिर्गादा ब्याट्सम्यानलाई खेल्न अप्ठ्यारो हुन्छ। खेल भावना विपरित बल टेम्परिङ गरेपछि अस्ट्रेलिया क्रिकेटरको विश्वभरबाट आलोचना भइरहेको छ।

स्मिथ , वार्नर र बेन्क्रफ्ट बिरुद्द अस्ट्रेलियाको कडा निर्णय
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top