अन्तर्राष्ट्रिय

डेभिड वार्नर र स्मिथ दुबैले आइपिएलको कप्तानी छाडेका छन!

हाम्रो नेपाल क्रीकेट , काठमाडौ

वार्नरले सनराइजर हाइदरबादको कप्तानी छाडेका छन

बल टेम्परिङ प्रकरणका कारण स्टिब स्मिथ , ब्रेन्क्रफ्ट र डेभिड वार्नरलाइ दक्षिण अफ्रिका बिरुद्दको अन्तिम खेल खेल्न रोक लगाइयो !

आइसिसिले सामान्य सजाय दिए पनि क्रीकेट अस्ट्रेलियाले यस कार्यको सजाय घोषण गरेको छैन।

हिजो बेलुकाको सभामा क्रीकेट अस्ट्रेलियाका सि.इ.ओ सदरल्यान्डले स्मिथ , ब्रेन्क्रफ्ट र वार्नरलाइ दक्षिण अफ्रिका छोडेर अस्ट्रेलिया फर्किने आदेश दिएको हो।

यस प्रकरणका कारण अस्ट्रेलियालि क्रीकेट तथा कप्तान स्मिथ उपकप्तान डेभिड वार्नर र ओपनर बेन्क्रफ्टको धेरै बदनामि भएको छ।

स्मिथको कप्तानी पनि धरापमा परेको छ र स्मिथ र वार्नरलाइ एक बर्षको ब्यान लाग्ने सम्भावना पनि देखिएको छ।

घटना सङ्गै , स्मिथ र वार्नरको कृकेटिङ करियर नै धरापमा पुग्न सक्ने भएको छ। आइपिएलमा कप्तान रहेका दुबै वार्नर र स्मिथले कप्तानी पनि गुमाएका छन ।

राजस्थान रोयल्सका कप्तानका रुपमा नियुक्त भएका स्मिथले सिजन सुरु नभै कप्तानी गुमाउन पुगेका हुन। त्यस्तै , उनको ठाउमा अजिन्के राहनेले राजस्थान रोयल्सको कप्तानी गर्ने छन ।

त्यस्तै आज , सनराइजर हाइदर्बाद्ले समारोहमा डेभिड वार्नरले आफै कप्तानी त्यागेको कन्फर्म गरे ।

हाइदरबादका सि.इ.ओको अनुसार , तत्कालको घटनालाइ हेरेर वार्नरले कप्तान पद त्यागेका हुन । उनको ठाउमा कसले कप्तानी गर्ने भन्ने अझै टुङ्गो लागेको छैन ।

“वार्नरलाइ रिप्लेस गरपछि पनि हाम्रो टोलि बलियो नै रहने छ ” सनराइजर हाइदरबाद!

डेभिड वार्नर र स्मिथ दुबैले आइपिएलको कप्तानी छाडेका छन!
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top