अन्तर्राष्ट्रिय

अस्ट्रेलिया क्रीकेटका सि.इ.ओ , सदर्ल्यान्डले बल ट्याम्परिङ प्रकरणबारे गरे यस्तो निर्णय

हाम्रो नेपाल क्रीकेट, काठमाडौ

बल टेम्परिङ्ग

दक्षिण अफ्रिका र अस्ट्रेलियाबिच पिपिसी न्युल्यान्डस स्टेडियम, केपटाउनमा तेस्रो टेस्टको तेस्रो दिनमा भएको बल टेम्परिङ प्रकरणमा अस्ट्रेलियालि बोर्ड “क्रीकेट अस्ट्रेलिया” ले आफ्नो पहिलो आधिकारिक प्रेस विज्ञप्ति दिएको छ।

प्रकरण पछी क्रीकेट अस्ट्रेलियाका सिइओ जेम्स सदरल्यान्डलाइ दक्षिण अफ्रिका पठाइएको थियो।

मंगलबार नेपाली समयानुसार रातको लगभग १०:५५ मा सुरु भएको सो प्रेस कन्फेरेन्समा सदरल्यान्डले तीन अस्ट्रेलियालि खेलाडीलाई घर फर्काउने जानकारी दिए।

स्क्वाड कप्तान स्टिव स्मिथ, उपकप्तान डेविड वार्नर र ओपनर केमरुन बेनक्रफ्ट बुधबार नै अस्ट्रेलिया फर्कने र उनिहरुको सट्टा ग्लेन म्याक्स्वेल, जो बर्न्स र म्याट रेन्ष चौथो टेस्टअघि टिममा सामेल गरिनेछ। कप्तान भने कीपर टिम पेन हुनेछन् भने कोच डेरन लेमन यथावत नै रहनेछ्न।

सदरल्यान्डले भने: “सबै अस्ट्रेलिया समर्थक, खासगरी नौजवान समर्थक जो खेललाई र खेलाडीलाई सम्मान गर्छ्न, क्रीकेट अस्ट्रेलियाको तर्फ बाट म क्षमा माग्न चाहन्छु।”

उनले भने” म दक्षिण अफ्रिका सङ पनि माफी माग्न चाहन्छु, वहाँहरुले सोचे भन्दा यो सिरिज धेरै खराब भयो”

“सुरुवाती सोधपुछ बाट कोच डेरन लिमन लाई यो प्रकरणको जानकारी नभएको पत्ता लागेको छ र वहाँ चौथो म्याचको लागि पनि कोच रहनुहुनेछ।

स्मिथ, वार्नर र ब्यान्क्रफ्ट चै बुधबार थप अनुसन्धानका लागि अस्ट्रेलिया प्रस्थान गर्नेछन् भने उनिहरुका ठाउँमा ३ खेलाडी २४ घन्टा भित्र आइपुग्ने छ्न।”

उनले थपे”अस्ट्रेलियाली समर्थक आफ्नो टिममा गर्व गर्न चाहन्छन्। त्यो दिन सो चाहना पूरा हुन सकेन र त्यो दिन अस्ट्रेलिया क्रीकेटका लागि धेरै खराब दिन थियो। मलाई पनि धेरै रिस उठिरहेको छ।”

“कुनै पनि खेलले कलिला बालकहरुलाइ हौसला प्रदान गर्छ। क्रीकेटको भावना र जोशले धेरै अस्ट्रेलियाली नौजवानलाइ उत्प्रेरित गर्छ। खेलाडी र कप्तानको निश्चित दायित्व हुन्छन् जुन पूरा गर्नैपर्छ।”

दुखी हुँदै उनले थपे,”मैले स्टिव स्मिथसङ कुरा गरे। उनी एक्दम शर्मशार छ्न र आफुले गरेको काममा गर्वान्वित छैनन्। समर्थकको प्रतिक्रिया आशाविपरीत होइन। अस्ट्रेलियाली जनताका लागि क्रीकेटको महत्व यो कुराले प्रष्ट पार्छ।”

आइसिसीले स्टिव स्मिथलाई १ म्याच ब्यान र १००% म्याच फी कट्टा गरिसकेको छ भने ब्यान्क्रफ्टको ७५% फी काटेर ३ डिमेरिट अंक थपिएको छ।

अस्ट्रेलिया क्रीकेटका सि.इ.ओ , सदर्ल्यान्डले बल ट्याम्परिङ प्रकरणबारे गरे यस्तो निर्णय
Click to comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

To Top